समाचारको गम्भीरता र प्रोटाेकललाइ ग्रहण गर्नुपर्ने साफेका सरोकारवालाको भनाइ

समाचारको गम्भीरता र प्रोटाेकललाइ ग्रहण गर्नुपर्ने साफेका सरोकारवालाको भनाइ

कपन अनलाइन 

अछाम ,कार्तिक ७/ एकेन्द्र महता

अछाम सामुदायिक रेडियोहरुले समाचारको गम्भिरता र प्रोटोकललाई ग्रहण गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन । अछामको साफेबगरमा रेडियो जनप्रियले सोमवार बाट सञ्चालन गरेको आधारभुत पत्रकारिता तालिमको उदघाटन सत्रमा सहभागि सरोकारवालाले उक्त कुरा बताएका हुन । साँफेवगर नगरपालिकाका नगर प्रमुख कुलवहादुर कुँवरले तालिमको उद्घाटन गर्दै संचार क्षेत्र एकदमै संवेदनशिल क्षेत्र भएकोले संचारकर्मिले हिम्मत बलियो बनाई नराम्रा कार्यको पर्दाफास गर्नुपर्नेमा जोड दिनुभयो ।

कुँवरले गाँउघरका समाचारहरुलाई सामुदायिक रेडियोहरुले बढी प्राथमिकता दिन जरुरी रहेको तर्फ जोड दिएका छन  । तालिमको उदघाटन सत्रमा रेडियोका सञ्चालक समिति अध्यक्ष प्रकाश शाहले संचार क्षेत्रमा काम गर्न ईच्छुक युवाहरुलाई यो पेशामा आवद्ध गराई जिल्लामा संचारकर्मिको शसक्त उपस्थिती गराउने हेतुले तालिमको आयोजना गरेको बताए  ।

तालिमका प्रशिक्षक एबं सामुदायिक सुचना नेटवर्क (सिआइएन) का समाचार प्रमुख गोविन्द खड्काले पत्रकारिताको विकासका लागी पत्रकारको क्षेमता विकास पहिलो कुरा भएको बताउनुभयो । तालिम यहि कात्तिक १० गतेसम्म सञ्चालन हुने बताइएको छ।

तपाइँको प्रतिक्रिया ।