ओखलढुंगा जिल्ला प्रदेस क्षेत्र “क” मा अम्बिर बाबु गुरुंग
कपन अनलाइन
ओखलढुंगा ,कार्तिक ५
ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र “क” मा वाम गठबन्धनको तर्फ बाट अम्बिर बाबु गुरुंगले निर्वाचन लड्ने भएका छन ।
प्रतिनिधि सभा क्षेत्रमा एमाले केन्द्रिय सदस्य यज्ञराज सुनुवार र प्रदेस क्षेत्र “ख” मा मोहन खड्काको उम्मेदवारी दर्ता आज हुदैछ ।
नेकपा एमाले ओखलढुंगा जिल्ला सदस्य एबम आर्थिक विभाग प्रमुख रहेका गुरुङ लामो समय देखि ओखलढुंगाको वामपन्थी आन्दोलनमा सक्रिय रहेका व्यक्ति हुन् ।यस अघि पनि उनि तत्कालिन नेकपा माले बाट प्रतिनिधि सभाको निर्वाचन लडी सकेका व्यक्ति हुन् ।
आफ्ना बुबाबाट राजनीतिक चेतना विकास भएको र विद्यालय अध्ययन गर्दाको समय बाट नै राजनीतिक गतिविधिमा लागेको बताउने गुरुङ यस पटक प्रदेस सभा सदस्यको लागि निर्वाचन लड्न लागेका हुन् ।
आफ्नो क्षेत्रको विकास र समृद्धि मुख्य मुद्दा रहेको बताउने गुरुङ राजनीति संग संगै विभिन्न सामाजिक र अन्य संघ संस्थामा पनि आवद्ध रहेका छन ।