भागवण्डामा ओखलढुंगा एमालेलाई यज्ञराज सुनुवारको सम्भावना
कपन अनलाइन
काठमाडौं ,कार्तिक ३ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको भागवण्डा टुंगिएको छ। ओखलढुंगा र खोटांग जिल्ला एमालेको भागमा परेको छ भने सोलुखुम्बु जिल्ला माओवादीको भागमा परेको छ ।
ओखलढुंगा जिल्लामा नेकपा एमाले बाट यज्ञराज सुनुवार र किशोर अधिकारीको नाम सिफारिस भएको छ । अहिले को निर्वाचनमा नेपाली कांग्रेसका प्रतिस्पर्धी संग कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको एक जिल्ला नेताले बताए ।
यस पटक नेकपा एमालेले निवर्तमान सांसद एबम नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ राज सुनुवारलाई अगाडी सार्ने सम्भावना देखिन्छ ।उनि एमालेमा जातीय मुद्दाले चर्चा पाउदा वर्गीय राजनीति गर्नु पर्ने माग राख्दै त्यसको विपक्षमा उभिएका नेता हुन् ।
अनेरास्ववियुका प्रारम्भिक तह देखि केन्द्रिय सचिव सम्मको जिम्मेवारी सम्हालेका सुनुवारले ओखलढुंगामा नेकपा एमालेको नेतृत्व गरिसकेका छन ।विद्यार्थी राजनीतिमा आफ्नो दरिलो उपस्थिति जनाएका सुनुवार रत्नराज्य लक्ष्मी क्याम्पस र महेन्द्र रत्न क्याम्पसको सभापति रहिसेका छन ।
तत्कालिन नेकपा माओवादीको ज्यादती र क्रुरतालाई शशक्त प्रतिकार गर्दै एमालेलाई अघिल्लो संविधान सभामा जिताउने श्रेय पाएका सुनुवार ओखलढुंगाका लिकोप्रिय नेता हुन् ।