टिकटको अन्तिम दौडमा काठमाडौं क्षेत्र नं ४ प्रदेस -२ का एमाले नेताहरु

टिकटको अन्तिम दौडमा काठमाडौं क्षेत्र नं ४ प्रदेस -२ का एमाले नेताहरु

कपन अनलाइन 

काठमाडौ,असोज २६।

नेकपा  एमाले काठमाडौं क्षेत्र नं ४ को प्रदेस क्षेत्र नं २ ले ७ जनाको नाम सिफारिस गरेर माथिल्लो कमिटीमा पठाए पछी अहिले यस क्षेत्रका नेताहरुको दिन चर्या फेरिएको छ ।अहिले उनीहरु विहान देखि वेलुका सम्म विभिन्न अन्तरिक छलफल र नेताहरुको घरदैलो चाहार्न ब्याट्स रहेका छन । उनीहरु यस क्षेत्रमा आफ्नो सम्भावना देखाउने विभिन्न तथ्य र तर्क बोकेर माथिल्लो कमिटिका नेताहरुको घर दैलोमा पुग्ने क्रमलाई तीव्रता दिएका छन ।

कोहि यहाको मत संख्याको आधार प्रस्तुत गरि रहेका छन भने कोहि क्षेत्रमा आफ्नो पहुच र प्रभाव को लेखाजोखा गर्न नेताहरुलाई सुझाई रहेका छन ।

सिफारिसमा परेका नामहरुलाई जिल्ला काठमाडौं जिल्ला कमिटीले प्रदेस कमिटीमा सिफारिस गरे पछी अहिले स्थानीय स्तरमा रहेको छलफल अव माथिल्लो चरणमा प्रवेस गरेको छ ।

यस क्षेत्रको टिकट दौडमा रहेका नेताहरुले टिकट प्राप्त गर्न आफु अनुकुल तर्क पेस गरेर नेताहरुलाई कन्भिन्स गर्न खोजिरहेको देखिन्छ ।

यस प्रदेस क्षेत्रमा सिफारिस भएका ७ जनामा जयराम थापा विदेस भ्रमणमा रहेका छन भने सिफारिसमा परेकी एक मात्र महिला सरिता निरौला संगठन निर्माण मा रहेकी छ ।

अन्य ५ जना सिफारिसमा परेका उम्मेदवारहरुले टिकट दौडलाई निकै तीव्रता दिएका छन ।

प्रदेस कमिटि सदस्य सुन्दर पुर्कुटीलाई मुक्ति समाजको केन्द्रिय कमितले दवाव सिर्जना गरि रहेको उनि निकट श्रोत ले बतायो । टिकट दौडको अन्तिम समयमा उनले सर्वसम्मतिका लागि  दौड छोड्ने संकेत दिएका थिए । तर अहिले उनको संगठनको उनलाई निकै दवाव रहेको उनि निकट एक नेताले बताए यधपी सर्वसम्मतिमा निर्णय हुदा जुन सुकै निर्णय मान्ने उनले बताएका छन ।

अर्का नेता धुर्वराज न्यौपाने पनि युवाले मौका पाउनु पर्ने माग राख्दै टिकट दौडमा सक्रिय बनेका छन ।खेलकुदको क्षेत्रमा समेत सक्रीय रहेका न्यौपाने ले खेलकुद महासंघ र अन्य विविध च्यानल प्रयोग गर्दै आफ्नो दावी लाई बलियो बनाउन लागि रहेको उनि निकट श्रोतले बतायो।यस क्षेत्रका युवाहरुको राम्रो साथ र समर्थन पाएका उनले  अहिले सबै च्यानल र उपलव्ध श्रोतको प्रयोग गर्न कुनै कसर बाकि नराखेको उनि निकट श्रोतले बतायो ।

विदुर विक्रम खड्का जो नेकपा एमालेको यस प्रदेस क्षेत्रको संयोजक समेत रहेका छन पनि अहिले टिकट प्राप्त गर्न निकै मेहेनत गरि रहेको उनका समकक्षी एक नेताले बताए । निकै लामो राजनीतिक जीवनमा आफुले कुनै मौका र अवसर नपाएकोले यस पटक मौका पाउनु पर्ने तर्क उनले नेताहरुलाई पेस गरेको उनि निकट एक नेताले बताए ।खड्का अहिले सम्म कुनै संसदीय जिम्मेवारी प्राप्त नगरेका खड्काले अहिलेको दौडलाई राजनीतिक जीवन मरणको सवाल बनाएका छन ।

मिठाराम अधिकारी पनि अहिले आफ्नो कार्यक्षेत्र भन्दा अन्तै नेताहरुको घर घरमा बढी समय बिताउन थालेको यस क्षेत्रका एक नेताले व्यग्य गरेका छन । साविक कपनका ३ वटा वडाको मतलाई प्रमुख आधार बनाएर उनि यो दावीमा लागेको उनि निकट एक नेताले बताए ।कपन क्षेत्रमा आफुले सानदार मत प्राप्त गर्ने दावी उनको रहेको छ ।आफ्नो राजनीतिक जीवनको उत्तरार्ध मा रहेका उनलाई यो अन्तिम राजनीतिक अवसर हुने कुराले धेरै पिरोलेको उनि संग लामो समय राजनीतिक सहयात्रा गरेका नेताले बताए ।

टिकट दौडमा रहेका अर्का नेता हुन् कुसुम कुमार कार्की जो काठमाडौं क्षेत्र नं ४ को अध्यक्ष रही सकेकाछन । बुढानिलकण्ठ नगरपालिका प्रमुख को टिकट दौड बाट अन्तिम समयमा बाहिरिएका कार्कीले आफ्नो ससदीय फाँटमा रहेको अनुभव र संगठनमा रहेको भूमिकालाई प्रमुख आधार बनाएर आफुले टिकट पाउनु पर्ने दावी गरि रहेको उनि निकट श्रोतले बतायो । उनि साविक  महांकाल गाविसको २०४९ शालमा उपाध्यक्ष र २०५४ शालमा अध्यक्ष निर्वाचित भएका थिए ।

अहिले जुन सुकै दावी ,तर्क र आधार प्रस्तुत  गरे पनि अव यस क्षेत्रका नेताहरुको राजनीतिक भविस्यको फैसला भने निकटमा बस्ने नेकपा एमालेको स्थायी कमिटि बैठकले गर्ने देखिएको छ ।

पछिल्लो समय हुर्केको चाकरी ,चाप्लुसी , समुह बन्दी र आफु  अनुकुल खोज्ने नेताहरुको प्रवृतिले पक्कै पनि यस क्षेत्रलाई पनि असर गर्नेमा कुनै संका छैन ।

तर यस क्षेत्रमा अहिले प्रतिनिधि सभा निर्वाचनमा सर्वसम्मत सिफारिसमा परेका नेकपा एमालेका केन्द्रिय सदस्य तथा सांसद डा. राजन भट्टराई को भूमिका ले प्रत्यक्ष असर गर्ने भएकोले पनि अहिले रहेको यो भिड को दौड बाट निकास निस्कने आशा गर्न सकिन्छ । तर डा .भट्टराई पनि ठोस निस्कर्ष मा पुग्न निकै कठिन देखिएको छ किनकी उनले अहिले गर्ने निर्णयले उनको प्रत्यक्ष संसदीय राजनीतिको आगामी यात्रा तय गर्नेछ ।

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।