एनआरएन संग गरिएको आशा र अपेक्षा

एनआरएन संग गरिएको आशा र अपेक्षा

कपन अनलाइन 

काठमाडौं ,असोज २६ /विचार/बद्री भट्टराई
हरेक राष्ट्रको समृद्धिको आधार भनेको उक्त राष्ट्रको आर्थिक सुचक नै हो । आर्थिक समृद्धिको आधार भनेको आर्थिक पारदर्शिता र अनुशासन हो । यो नियम राज्य देखी साधारण नागरीक सम्म लागु हुन्छ । यो अन्तराष्ट्रिय सिद्धान्त पनि हो । विकासको उच्तम तहमा पुगेको राष्ट्र र विकासको गति तर्फ लम्कदै गरेको राष्ट्रमा आप्रवासीहरुको जिम्मेवारी फरक–फरक हुन्छ ।
नेपाल प्राकृतिक रुपमा सम्पन्न तर विकासको गतिमा अगाडी बढ्न नसकेको रुपमा विश्वले चिन्ने गरेको छ । राजनैतिक संक्रमणकालिन अवस्था र राजनैतिकदलहरुको नेतृत्वको लहडी निर्णयहरुका कारण देश आर्थिक रुपमा उठन सकिरहेको छैन । बौद्धिकताका नाममा समाजमा नकारात्मक सन्देश मात्र प्रभाव गर्ने वौद्धिकताले पनि नेपाली समाजलाई नकारात्मक बाटो तर्फ लगिरहेको छ । मेहनत र परिश्रमका पक्षमा हुने वकलात भन्दा अधिकारका नाममा गरिने वकालतले हाम्रो समाजलाई अल्छी समेत बनाइरहेको छ ।
सन्दर्भ  एनआरएनको अधिवेशन
२०७२ बैसाख १२ को विनासकारी भुकम्प, राजनैतिक अस्थिरताका कारण रोकिएका विकास निर्माण र आधुनिक समाज सुचना प्रविधिको अवस्था यी सबै विषयमा नेपालीहरुको ध्यान एनआरएन तर्फ मात्र हेर्न थालिएको छ । भौतिक संरचना निर्माण देखी सुचनाप्रविधि सम्म , राजनैतिक आवरणका सहयोग देखी स्थानीय क्लब, खेल मैदान र लाइब्रेरी सम्मको निर्माणमा हाम्रो समाज एनआरएनको बाटो कुर्ने भइसकेको छ ।
प्राकृतिक श्रोत र साधानको उचितम प्रयोग पर्यटनका आधारहरु र उर्जा शक्तिमा समग्र एनआरएनको प्रवेश गराउने तर्फ भन्दा हाम्रो समाज व्यक्तिगत स्वार्थ र प्रभावमा तल्लिन हुनले समग्र सोचलाई नै नकारात्मक बाटो तर्फ लैजान सहज भएको अनुमान लगाउन सकिन्छ ।

राष्ट्र भित्र नाता,गोता, आफन्त संग रमाएर बस्ने, रुमाल फिजाएर समाजसेवाको बहस गरेर वैदेशिक अध्यय र अध्यायपमा अनि बौद्धिकताको कसिमा रमाएर मात्र समाज बन्दैन । हाम्रा लागि देश बाहिर रहने हरेक नेपाली एनआरएन हुन । अमेरीका देखी अष्ट्रेलिया होस वा युरोप देखी अफ्रिका होस वा भारत देखी साउदी, कतार दुबही अनि मलेसिया किन नहोस उ हाम्रा लागि एनआरएन हो ।

एनआरएनएको संस्थाले विश्वभरका नेपालीहरुलाई कसरी समेट्छ वा समेट्न सक्छ त्यो फरक पाटो हो । त्यसको सहभागीता, समावेशीता अर्को पक्ष हो । हाम्रो नजर त्यँहा हो, जो घर,परिवार,समाज अनि राष्ट्र छोडेर प्रवासमा बसेर मेहनत गरेको रकम आफ्ना लागि, परिवारका लागि छुटएर बचेको रकम आफ्नो राष्ट्रको समुन्तीका लागि खर्चिन्छ त्यो एनआरएन हो । उसको रंग,वर्ग,जात,धर्म त नकारात्मक सोचको उपज मात्र हो ।
कमाई अनुसारको लगाउनु, खानु बस्नु त्यो व्यक्तिगत कुरा हो । ५००० हजार डलर अमेरिका बाट सहयोग आउनु र ५०० (दिराम,रियाल) सहयोग आउनु पाउनेका लागि फरक फरक होला तर पठाउनेका लागि एकै तहको हो । यो पाउनेले कहिल्यै भुल्नु नहुने कुरा हो ।
सन् २००३ मा काठमाडौं बाट नै आफ्नो सांगठनिक संरचनाको सूरुवात गरेको संस्थाको अवस्था कस्तो हुने र बनाउने भन्ने तर्क र भावना त्यहाँको नेतृत्वले देखाउने कला हो । हरेक नेतृत्वलाई हरेक पटक प्रश्न उठेको छ ।

एनआरएनए सबैको साझा हो । सबैको हैसियता समान हो । यदि त्यस्तो छैन भने नयाँ नेतृत्वले त्यसलाई स्थान दिनुपर्दछ । त्यहाँ भित्रको संरचनाको मालिक सबै आवद्ध एनआरएनहरु नै हुन ।
एनआरएनका सम्मेलन सुरुवात हुन लागेको छ । अबको नेतृत्वले एउटा सुन्दर लगानी नेपालमा गर्नुपर्नेछ । हरेक नेपालीको घरमा रोजगारी दिन सक्ने लगानी । शिक्षा, होस वा खेलकुद ,कलेज होस वा विद्यालय केहि थोरै गरेर धेरैको भविष्यका लागि लगानी गर्नु पर्नेछ । राज्यको निति र राजनैतिक दलको नियत एनआरएनए समग्र देशका लागि हो भन्ने बनाउनु पर्ने छ । उ प्रति सकारात्मक भाव उत्पन्न गराउन सक्नु पर्दछ ।
सामुहिक लगानी र कृषि मैत्री योजना अबको एनआरएनएको उद्येश्य बनोस शुभकामना

तपाइँको प्रतिक्रिया ।