बुढानिलकण्ठ नगरपालिकाको प्रमुख प्रसासकिय अधिकृतमा लीला अधिकारी
कपन अनलाइन
काठमाडौ,असोज २४।
बुढानिलकण्ठ नगरपालिकामा नयाँ प्रमुख प्रसासकिय अधिकृतको रुपमा लीला अधिकारी आएकी छन।माता देवी अधिकारी र पीता पशुपती नाथ अधिकारीको ९ जना सन्तान मध्ये कान्छी छोरीको सन्तानको रुपमा संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं २ मा जन्मिएकी अधिकारीले हिमालयन मावी संखुवासभा बाट प्रवेशिका परिक्षा २०४५ शालमा उत्रीण गरेकी उनले अर्थशास्त्र र जनप्रशासनमा स्नातकोत्तर गरेकी छन ।
पद्मकन्या क्याम्पस काठमाडौ बाट स्नातक तह सम्म अध्ययन गरेकी उनले २०५५ शालमा बनेपा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाट सह लेखापालको रुपमा सरकारी सेवा सुरु गरेकी थिइन् ।
त्यसतै महालेखा नियन्त्रण कार्यालय अन्तर्गत २०६० शालमा खुल्ला प्रतिस्पर्धा बाट लेखा अधिकृतमा नाम निकालेकी उनले अनाम नगर स्थित भवन निर्माण तथा सम्भार डिभिजन कार्यालयमा करिव ७ वर्ष काम गरेकी थिइन् ।
खुल्ला प्रतिस्पर्धा वाट नेपाल सरकारको उपसचिव बनेकी अधिकारीले १ वर्ष स्थानीय विकास मन्त्रालयमा कार्य गरेकी थिइन् ।त्यस पश्चात २ वर्ष भन्दा केहि बढी संखुवासभा जिल्लामा स्थानीय विकास अधिकारीको रुपमा सेवा गरेकी थिइन् भने स्थानीय विकास मन्त्रालयको लैंगिक’ समानता सामाजिक समावेसीकरण शाखाको प्रमुखका रुपमा पनि उनले सेवा गरि सकेकी छन ।
बुढानिलकण्ठ नगरपालिकाको सेवा प्रवाहमा पारदर्शिता र प्रभाव कारितालाई प्राथमिकता सुचिमा राखेर काम गर्ने योजना बनाएकी अधिकारीले नगर परिषद बाट पारित भएका योजना कार्यन्वयनमा जोड दिने कपन अनलाइनलाई बताइन ।साथै सहरी विकास मा एकरुपता दिने र कर्मचारी व्यवथापन गरि सुशासन कायम गर्ने प्राथमिकता सूचिको पहिलो काम हुने उनले बताइन ।
आफ्नो कार्यकालमा जन प्रतिनिधि संग समन्वय गरि जनहित र सरल सेवा प्रदान गर्न सक्रीयता पुर्वक लाग्ने उनले प्रतिवादत्ता पनि व्यक्त गरेकी छन ।
ललितपुर महानगरपालिका वडा नं १४ टिखा देवलमा वसोवास गर्ने अधिकारीका श्रीमान राजेन्द्र राज ओझा सहित २ सन्तान रहेका छन ।
अधिकारी भन्दा अगाडी प्रसासकिय अधिकृतको रहेका विश्वराज मरासिनीको २०७४/६/२३ गते विदाई गरिएको थियो । मरासिनीले २०७२ /१२/२४ गते देखि २०७४/६/२३ गते सम्म बुढानिलकण्ठ नगरपालिकामा सेवा गरेका थिए ।