चन्द्रागिरी नगरपालिकामा बुद्धिजीवी संगठन गठन गरियो
कपन अनलाइन
काठमाडौ, २२ असोज ।
चन्द्रागिरी नगरपालिकामा नेपाल बुद्धिजीवी संगठनको शाखा कमिटी गठन गरिएको छ । गठन कार्यक्रममा बोल्दै एमालेका केन्द्रीय सदस्य डा विजय पौडेलले मुलुकको सामाजिक रुपान्तरणका लागि बुद्धिजीवी बर्गले प्रभावकारी भूमिका खेल्न सक्नु पर्ने बताएका छन् ।
उक्त कार्यक्रममा नगरपालिकाका उपप्रमुख लीसा नकर्मी, एमाले प्रदेश नं ३ का सदस्य शरण थापा, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका प्रदेश नं– ३ का सचिवालय सदस्य वसन्त कुमार खत्री, पेशागत महासंघका उपाध्यक्ष कृष्णमान श्रेष्ठ, एमालेका वडा नं– १२ का अध्यक्ष लक्ष्मण तण्डुकार लगायतले भेलामा शुभकामना दिएका थिए ।
चन्द्रागिरी नगरपालिका– १२ मा आयोजित भेलाले दिवाकर आचार्यको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको छ । संगठनको उपाध्यक्षमा मोहन पोखरेल, सचिवमा बुद्ध श्रेष्ठ र कोषाध्यक्षमा शान्ति श्रेष्ठ रहेका छन् ।