नेकपा एमाले ओखलढुंगाले उम्मेदवार सिफारिस गर्यो

कपन अनलाइन 

ओखलढुंगा ,असोज २०।

नेकपा एमाले ओखलढुंगाले संघीय प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवाहरुको नाम सिफारिस गरेको छ ।

संघीय प्रतिनिधीसभामा पार्टी केन्द्रीय सदस्य यज्ञराज सुनुवार र वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीको  नाम सिफारिस गरिएको छ ।संघीय प्रतिनिधिसभा क्षेत्रको समानुपातिकतर्फ चम्पा राई, सिताराम गुरुङ, ओम दयाल र फणिन्द्र लुईंटेलको नाम सिफारिस गरिएको छ ।

त्यस्तै प्रदेस सभा क्षेत्र नं १ तर्फ अम्बीरबाबु गुरुङ, मेखबहादुर खड्का, शंकरबहादुर कट्वाल र हर्कबोल राईको नाम सिफारिस गरेको छ । यस क्षेत्रमा समानुपातिक तर्फ उत्तम राई, सकुन्तला राजभण्डारी बलबहादुर परियार, मानवबहादुर विक, मेखबहादुर गुरुङ, उर्मिला खतिवडा र सञ्जु श्रेष्ठ को नाम सिफारिस गरिएको छ ।

ओखलढुंगा जिल्लाको प्रदेस क्षेत्र नं २ तर्फ नानीबाबु बुढाथोकी, नेत्रप्रसाद भट्राई ,तिर्थ सुवेदी ,टंक लाल गिरी र अनिता गिरीको नाम सिफारिस गरेको छ । यस क्षेत्रमा समानुपातिक तर्फ नरबहादुर कट्वाल, रामकुमार अछामी, अम्मता राई, नरेन्द्रकुमार श्रेष्ठ, गणेश कार्की, देवकुमार खड्का र पञ्चबहादुर तामाङको नाम सिफारिस गरिएको छ ।

प्रतिनिधि सभा क्षेत्र र प्रदेस क्षेत्रमा सर्वसम्मतिको प्रयास गरियता पनि सहमति बन्न नसके पछी माथिका नामहरु सिफारिस गरिएको नेकपा एमाले ओखलढुंगाका एक नेताले बताए।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।