कुटपिट र धारिलो हतियार प्रहारबाट गम्भीर घाइतेको मृत्यु

कपन अनलाइन 

लहान, १९ असोज । कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएकोे छ । गत असोज ९ गते राति ११ बजे रायमाथि धारिलो हतियार प्रहार भएको थियो ।

टाउकामा धारिलो हतियार र जीउभरि रडले हानेको निलडाम रहेको अवस्थामा उद्धार गरी रायलाई तत्कालै जिल्ला अस्पताल पु¥याइएको थियो । प्राथमिक उपचार पछि थप उपचारका लागि उनलाई विराटनगर पठाइएकामा त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको सिलिगुडी लगिएको प्रहरीले जनाएको छ ।

सिलिगुडीबाट पनि थप उपचारका लागि दिल्ली लैजान चिकित्सकले सल्लाह दिएकाले लैजाने तयारी गर्न लाग्दा रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिए।

रायलाई कुटपिट र धारिलो हतियार प्रहार गरेको आरोपमा स्थानीय कुवर यादवलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताए । घटनामा संलग्न रहेको भनिएका अन्य चार÷पाँचजना फरार रहेको जनाइएको छ ।

तपाइँको प्रतिक्रिया ।