घोराही फ्री वाइफाई सेवा प्रारम्भ

कपन अनलाइन

दाङ, १९ असोज । घोराही उपमहानगरपालिकाले बुधबारदेखि घोराही बजारमा फ्री वाइफाई सेवा प्रारम्भ गरेको छ । वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम तुलसीपुर चोकमा जडान गरिएको फ्री वाइफाई सेवा सबैले उपभोग गर्न सक्नेछन् ।

उच्च क्षमता रहेको वाइफाईले २०० मिटर आसपाससम्म काम गर्न सक्ने गरी तुलसीपुर चोकमा जडान गरिएको उपमहानगरका सूचना अधिकृत प्रेम केसीले जानकारी दिए ।

इन्टरनेट सेवा प्रदान गर्दै आएको वर्ड लिंकसँगको समन्वयमा वाइफाई जडान गरिएको उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए।

तपाइँको प्रतिक्रिया ।