नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ ले प्रदेस क्षेत्रका उम्मेदवार सिफारिस गर्यो

नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ ले प्रदेस क्षेत्रका उम्मेदवार सिफारिस गर्यो

कपन अनलाइन

काठमाडौं,असोज १९ ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ ले प्रदेस क्षेत्र तर्फका उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभा क्षेत्रका लागि  नेकपा एमाले काठमाडौं  जिल्ला अध्यक्ष कृष्ण राईको नाम सर्वसम्मत रुपमा सिफारिस गरिसकेको छ भने प्रदेस क्षेत्र तर्फ आकांक्षीहरु बढी भए पछी छलफलमा आएका नामहरु माथिल्लो कमिटीमा सिफारिस गरेको क्षेत्र नं ३ का एक नेताले बताए  ।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ३ को प्रदेस क्षेत्र नं १ तर्फ विमल अर्याल, डा.विदुर चालिसे, गोपाल बराल, मन्दिर तिमिल्सिना, गोकुल बराल, सुवास राज गिरी, तारा पुडासैनी, दिलिप लामा र गणेश गुरूंग सहित ११ जनाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै काठमाडौं क्षेत्र नं ३ प्रदेस क्षेत्र नं २ तर्फ उद्दव खड्का, हरिकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, उध्दव विष्ट र विश्वराज श्रेष्ठको नाम सिफारिस गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।