नेपाली कांग्रेसको नेतृत्वमा बन्ने भयो चुनावका लागि गठबन्धन
कपन अनलाइन
काठमाडौं ,असोज १८ ।
नेपाली कांग्रेसले आगामी प्रदेश सभा र केन्द्रिय सभा चुनावमा अन्य ५ वटा दलसँग तालमेलका लागि छलफल गरेको छ । आज प्रधानमन्त्री शेरबहादुर देउवा निवास वालुवाटरमा भएको छलफलपछि चुनावी तालमेल हुने सम्भावना लगभग निश्चित भएको हो ।
छलफलमा राष्ट्रिय जनता पार्टी, राप्रपा प्रजातान्त्रिक, मधेशी जनअधिकार फोरम, राप्रपा नेपाल र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताहरु सहभागि थिए । छलफलमा सहभागि सबै दलका नेताहरु कांग्रेससँग चुनावी तालमेलका लागि गठबन्धन बनाउन तयार भएका हुन् । राप्रपा नोपलका सचेतक दिलनाथ गिरीले दिएको जानकारी अनुसार गठबन्धनलाई औपचारिक रुपमा निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगिसकेको छ ।
अन्य दलहरु पनि कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागि हुने बताईको छ ।राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पनि बुधवार रिपोर्टस क्लबको साक्षात्कार कार्यक्रममा बोल्दै कांग्रेससँग पनि चुनावी तालमेल गर्न सकिने बताएका थिए ।