नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ प्रदेस क्षेत्र नं १ मा निर्मल कुइकेल सर्वसम्मत

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४  प्रदेस क्षेत्र नं १ मा निर्मल कुइकेल सर्वसम्मत

कपन अनलाइन 

काठमाडौ,असोज १७।

नेकपा एमाले काठमाडौं क्षेत्र नं ४ को प्रदेस क्षेत्र नं १ ले निर्मल कुइकेलको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेस क्षेत्र नं १  का  संयोजक तेज ढकालको अध्यक्षतामा बसेको बैठकले कुइकेलको नाम सिफारिस गरेको हो।

आज बिहान बसेको  जिल्ला कमिटि सदस्य ,जान प्रतिनिधिहरु ,विभागीय सदस्यहरु र शाखा पदाधिकारी सहितको विस्तारित बैठकमा उम्मेदवारी सम्बन्धमा छलफल गरिएको थियो । उक्त विस्तारित बैठकमा अधिकांस  सहभागीले  कुइकेलको नाम प्रस्ताव गरेका थिए भने पुर्व  क्षेत्रीय सचिव टिका पराजुलीको पनि दावेदारी रहेको थियो ।

सो बैठकको सुझाव  पछी प्रदेस क्षेत्र नं १ को कमिटिको बैठक बसेको थियो जसमा कुइकेल र पराजुली सहित तेज ढकाल ,भरत कार्की र ईश्वरमान कपालीले पनि दावी गरेका थिए।

दावेदार हरु विचको छलफल बाट अन्तिममा पुर्व जिल्ला अध्यक्ष कुइकेलको नाममा सर्वसम्मती बनेको थियो। सो बैठकले जिल्ला कमिटि सदस्य एवम प्रदेस क्षेत्र नं १ की सह संयोजक अन्जु शर्माको नाम समानुपातीकमा राख्न अनुरोध गर्ने निर्णय गरेको थियो।

तपाइँको प्रतिक्रिया ।