महामन्त्री डा कोइराला नवलपरासी पूर्वमा सिफारिस

महामन्त्री डा कोइराला नवलपरासी पूर्वमा सिफारिस

कपन अनलाइन 

नवलपरासी, ११ असोज । प्रतिनिधि सभा (संघीय सभा) को निर्वाचनमा नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट उम्मेदवार बनाउन सिफारिस गरिएको छ ।

नाम सिफारिस गरिएको क्षेत्रबाट डा कोइराला विसं २०६४ र २०७० को निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो । डा कोइरालालाई नै सो क्षेत्रमा निरन्तरताका लागि गाउँ र नगर कार्यसमितिबाट सिफारिस आएको काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।