जसका कारण सम्भव भयो किसुन जि कप भेट्रान फुटबल प्रतियोगीता

जसका कारण सम्भव भयो  किसुन जि कप भेट्रान फुटबल प्रतियोगीता

कपन अनलाइन 

काठमाडौ,असोज ११ /बद्री भट्टराई

बुढानिलकण्ठ वडा नं १० कपन ह्याण्डबल मैदानमा भएको प्रथम किसुन जि कप भेट्रान फुटबल प्रतियोगीता भव्यतापूर्वक सम्पन्न भएको छ । स्थानीय तहमा हुने गरेका प्रतियोगीताहरु मध्ये निकै उत्कृष्ट प्रतियोगीताको रुपमा स्थानीयहरुले समेत यस प्रतियोगीताको प्रशंसा गरेका थिए ।

पूर्व राष्ट्रिय खेलाडीहरु, कुमार थापा, उपेन्द्रमान सिंह निराजन रायमाझी, राकेश श्रेष्ठ, हरी खड्का , नविन न्यौपाने, चक्र तमाङ्ग, मेघराज के.सी. देखी कैलाश डङ्गगोल सम्म , अष्ट कवे देखी राजेन्द्र गौतम र धुव्रराज न्यौपाने सम्म खेलकुद राजनीतिको क्षेत्रमा समेत प्रख्यात व्यक्तिहरु आफै मैदानमा उत्रिएका थिय । रोमाञ्चक रुपमा सम्पन्न प्रतियोगीताको व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको हुँदा प्रतियोगीता सफल बनाउन महत्वपूर्ण सहयोग,सल्लाह र सुझाव दिनेहरु प्रति अभार गर्दै सहयोगीहरुको विवरण समेत सार्वजैनिक गरेका छौ  ।

किसुन जी कपको सहयात्रामा सहयात्रीहरुको  विवरण :

माननीय गगन थापा

नेपाली काँग्रेस क्षेत्र नं ४ बाट सांसद रहेको पूर्व स्वास्थ मन्त्री समेत गगन थापाले प्रतियोगीताको सफलताका लागि प्रथम पुरस्कार वापतको रकम सौजन्य गरेका थिए । सांसाद थापा आगामी निर्वाचनका लागि समेत काँग्रेसको तर्फबाट क्षेत्र नं ४ का एक मात्र दावेदार हुन ।

माननीय डा .राजन भट्टराई 

नेकपा एमालेको तर्फबाट समानुपातिक तर्फबाट सांसद रहेका भट्टराइले प्रतियोगीताको लागि आवश्यक निर्णायकहरुको भत्ता वापतको रकम उपलब्ध गराएका थिय । भट्टराई अब हुने संघिय निर्वाचनमा प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट क्षेत्र नं ४ का  उम्मेदावर हुन सक्ने प्रवल सम्भावना रहेको बताइएको छ ।

बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल

बुढानिलकण्ठ नगरपालिकाको तर्फबाट मेयरका रुपमा प्रतियोगीताको सहयोगी संस्था वापतको रकम उपलब्ध गराउने वाचा प्राप्त भएको आयोजकले बताएको छ । नितिगत निर्णय भएपश्चात मात्र आफुले सहयोग गर्ने सक्ने बताउदै सहयोगको रकम भने उल्लेख भएको छैन ।

कर्मा छिरिङ्ग शेर्पा

काँग्रेस महासमिति सदस्य रहेका कर्मा छिरिङ्ग शेर्पाको पहलमा प्रतियोगीताको प्रायोजक रुसलानलाई कपनमा प्रवेश गराइएको आयोजकले बताएको छ । प्रतियोगीताको सञ्चालनको लागि राष्ट्रिय खेलाडीहरु सहभागी गराउने अभियानमा उनको महत्वपूर्ण योगदान रहेको समेत बताइएको छ ।

हरीबोल भण्डारी 

नेपाली काँग्रेसका प्रभावशाली युवा नेताको पहिचान बनाएका हरीबोल भण्डारीले किसुन जि कपको लागि दोस्रो पुरस्कार सौजन्य गरेका थिय । काठमाडौं काँग्रेसमा भण्डारी को प्रभावलाई कमजोर आक्न सकिदैन । एन्फाको कोषाध्यक्ष समेत रहिसकेका भण्डारी आगामी निर्वाचनमा क्षेत्र नं ३ बाट प्रतिनिधी सभाका लागि शसक्त दावेदार रहेका छन । स्थानीय युवा तथा समाजिक संघसस्थाहरुको निकै ठुलो सदभाव र सहयोग भण्डारीलाई हुनेमा कुनै शंका रहेको छैन ।

सन्तोष खड्का

नेपाली काँग्रेसका जिल्ला सदस्य रहेका सन्तोष खड्काले प्रतियोगीताका लागि उत्कृष्ट खेलाडीहरुको रकम सहयोग गरेका थिए । खड्का नेपाली काँग्रेसको तर्फबाट प्रादेशिक निर्वाचनका लागि बलिया युवा प्रतिनिधीका रुपमा चिनिएका छन ।

धुव्रराज न्यौपाने 

नेकपा एमाले काठमाडौं का क्षेत्रीय नं ४ का सचिव समेत रहेका  जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धुव्रराज न्यौपानेले प्रतियोगीताका लागि आवश्यक पुरस्कारहरुको सौजन्य गरेका थिय । न्यौपाने प्रादेशिक निर्वाचनका लागि एमालेको तर्फबाट प्रभावाशाली युवा नेताका रुपमा अगाडी बढिरहेका छन ।

प्रगतिमान रञ्जित 

आयोजकले किसुन जि कपको सफलताका लागि काँग्रेस युवा नेता प्रगतिमान रञ्जितको विशेष सहयोग रहेको बताएका छन । फुटबल प्रतियोगीताका लागि आवश्यक खेलसमाग्री देखी व्यवस्थापनको रकम उनले उपलब्ध गराएका थिय । रञ्जित काँग्रेसको तर्फबाट आगामी निर्वाचनका लागि क्षेत्र नं ७ बाट प्रत्यक्ष उम्मेदवारका रुपमा शसक्त दावेदार मानिएका छन ।

नविन पाण्डे 

हिमालयन शेर्पा क्लब भेट्रानको टिम क्याप्टेन समेत रहेका पाण्डेले प्रतियोगीता आयोजनका लागि महत्वपूर्ण सल्लाह र सहभागी टिमहरुको समन्वयका लागि स्मरणीय सहयोग गरेको आयोजकले बताएको छ । फाइनल उपाधी हात परे संगै हिमालयनले प्राप्त नगद पुरस्कारको आधा रकम तथा उत्कृष्ट खेलाडी वापतको रकम रु ५ हजार र उत्कृष्ट गोलकिपर वापतको रु ५ हजार समेत कपन क्षेत्रका वालिबालिकाहरुका लागि सौजन्य गरेका थिए ।

यस क्रममा कुमार थापा ,राजन गौतम लगायतका अन्य टिमका सदस्यहरु पनि हामीले विर्सनु हुदैन जसले यो प्रतियोगिता सफल बनाउन अतुलनीय योगदान दिनु भयो ।

हामी चाडै प्रतियोगीताको सफलताका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुले गरेको सहयोग रकम सहित प्रतियोगीताको आम्दामी र खर्च विवरण सार्वजैनिक गर्नेछौ  । प्रतियोगीताको गरिमा र आगामी संस्करणको अयोजनाका लागि समेत प्रतियोगीताको आथिर्क पारदर्शिताका लागि एक प्रतिशत पनि सम्झौता नगरिने हामी आयोजकका तर्फ बाट प्रतिवाद्ता व्यक्त गर्दछौ ।

यसका साथै आयोजक टिमका साथीहरु ,मिडिया पार्टनरहरु , निर्णायक ,स्वयम सेवक र हामीलाई हौसला प्रदान गर्ने दर्शक लाई पनि धेरै धेरै धन्यवाद दिन चाहान्छौ ।

तपाइँको प्रतिक्रिया ।