सामसुङका कारण आइफोन महंगो !

सामसुङका कारण आइफोन महंगो !

कपन अनलाइन 

एजेन्सी ,असोज ३। हालै एप्पलले आफ्नो बहुप्रतिक्षित फोन आइफोन एक्स लञ्च गर्यो । अमेरिकामा यो फोनको ६४ जिबी मोडेलको मूल्य ९ सय ९९ डलर तोकिएको छ ।एक वेबसाइटका अनुसार आइफोन एक्सको वास्तविक लागतका बारेमा केही शोधकर्ताहरुले गहन अनुसन्धान गरेर विभिन्न तथ्य जम्मा पारेका छन् ।

समाचार अनुसार आइफोन एक्स तयार पार्नका लागि एप्पललाई जम्मा ४ सय १२ डलर ७५ सेन्ट मात्र लागत लागेको छ । यो लागत आइफोन एक्सको तोकिएको मूल्यको जम्मा ४० प्रतिशत मात्र हो । रिपोर्ट अनुसार यो फोनको सबैभन्दा महंगो पार्ट यसको ५.८ इन्चको डिस्प्ले रहेको छ । आइफोनको उक्त डिस्प्ले सामसुङ कम्पनीले बनाइदिएको हो ।

उक्त डिस्प्लेको मूल्य प्रतिगोटा झण्डै ८० डलर छ । फोनको दोश्रो महंगो भाग यसको मेमोरी हो । जसको मूल्य झण्डै ५० डलर रहेको छ । यो मेमोरी तोसिबा कम्पनीले बनाइदिएको हो ।

यसरी आइफोन एक्सको सबैभन्दा महंगो पाटपुर्जा नै सामसुङ कम्पनीले उत्पादन गरिदिएको डिस्प्ले भएपछि सामसुङकै कारण आइफोन एक्स यतिधेरै महंगो भएको एउटा तर्क स्वभाविकै हो । तथापि लागत मूल्यको दोब्बर भन्दा पनि धेरै बिक्रि मूल्य कायम गरिसकेपछि आइफोन एक्सबाट एप्पलले अत्यधिक नाफा कमाउने ध्येय राखेको देखिन्छ ।

 

तपाइँको प्रतिक्रिया ।