मैत्रीपूर्ण खेलमा पत्रकार द्वारा नेता पराजित

मैत्रीपूर्ण खेलमा पत्रकार द्वारा नेता पराजित

कपन अनलाइन 

काठमाडौं ,भाद्र ३१ ।

प्रथम किशुन जी स्मृति भेट्रान फुटवल खेलको उद्घाटन कार्यक्रममा भएको मैत्रीपूर्ण खेलमा प्रत्रकारको टिमले  नेता ,सामाजिक कार्यकर्ता,शिक्षासेवी  सम्मिलित टिम लाई ३-२ गोल अन्तरले पराजित गरेको छ।

कार्यक्रममा उद्घाटन खेल मैत्रीपूर्ण रहेको थियो भने आज बाटै प्रतियोगिता सुरु भैसकेको छ। १३ टिम सहभागी रहेको प्रतियोगितामा ३५ वर्ष माथिका ३ खेलाडी र ४० वर्ष माथिका ४ खेलाडी प्लेयिंग सेटमा खेल्न पाउने आयोजकले बताएको छ।

पहिलो खेलमा मध्यपुर् ठिमी भेट्रान टिमले हात्ती गौडा भेट्रान टिमलाई पराजित गरेको छ।  फोटो सौजन्य  :डेन्डी शेर्पा

तपाइँको प्रतिक्रिया ।