कपन एमालेमा बिभिन्न पार्टीका ३१२ जना प्रवेश

IMG_3904 IMG_3945 _MG_3964 IMG_3986 IMG_3867 _MG_3951 IMG_3909 _MG_3933 _MG_3944कपन अनलाइनदेशभरबाट जेजस्तो खबर आए पनि कपनबाट एमालेलाई सुखद समाचार प्राप्त भएको छ । एमालेको उर्बर भूमि मानिने कपनमा आज आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि केपि ओलीको हातबाट ३१२ जना विभिन्न पार्टीका कार्यकर्ताहरु एमालेमा टीका लगाएर प्रवेश गरे । प्रवेश गर्नेहरुमध्ये अधिकांश एनेकपा माओवादीका भातृ तथा जनवर्गीय संगठनका व्यक्तिहरु थिए । पचासौं वटा मोटर साइकलमा सवार भएर आएका प्रायः युवा अनुहारहरुलाई २ घण्टे कार्यक्रम अवधिमा ४ चरण प्रवेश गराइएको थियो । प्रवेश गर्नेहरुमा चिनिएका तथा चर्चित अनुहार नभए पनि कपन तथा आसपासका यति ठूलो संख्यामा पार्टीमा प्रवेशले कपन एमाले उत्साहित भने देखिएको छ । कपन एमाले सचिव हरिराम ढुंगानाका अनुसार आज प्रवेश गर्नेहरुमध्ये ८० प्रतिशत युवाहरु कपनका नै रहेका छन् ।

 
दोस्रो संविधानसभाको चुनावको कुरा अगाडि बढिरहेको बेला कपन देखिएको यो प्रवेश कार्यक्रमले एमालेपक्षीय जनाधार बढाउन सहयोग पुग्ने आस आयोजकले गरेको छ । कपन गाउँ पार्टीले आयोजना गरेको यो विशेष कार्यक्रममा प्रमुख अतिथि केपि ओलीले एमाले अब देशको पहिलो ठूलो पार्टी हुने बताए । एकाध घुनपुतलीहरु पार्टीबाट विचलित भएर अन्य ठाउँमा गए पनि एमालेमा जनताको ठूलो भरोसा रहेको कुरा आजको कार्यक्रमले पुष्टि गरेको कुरा उनले बताए । कपन स्थित मिलनचोक पार्टी भेन्यूमा आयोजित कार्यक्रमलाई एमाले केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता योगेश भट्टराई तथा काठमाडौं जिल्ला अध्यक्ष निर्मल कुईकेलले सम्बोधन गरेका थिए । कपन एमाले अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रमा कपन तथा आसपासका सयांै एमालेका कार्यकर्ताको उपस्थिति थियो ।

तपाइँको प्रतिक्रिया ।