एमालेको सांगठनिक संरचना फेरियो, हालका कमिटी विघटन

एमालेको सांगठनिक संरचना फेरियो, हालका कमिटी विघटन

कपन अनलाइन

काठमाडौ,भाद्र २६।

नेकपा एमालेले हाल कायम रहेका गाउँ, नगर तथा क्षेत्रीय कमिटी विघटन गरेको छ । सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले  नयाँ संरचनाअनुसार  संगठन निर्माण गर्ने निर्णय गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
आजको निर्णय अनुसार अब एमालेको १६५ सदस्यीय प्रतिनिधिसभा कमिटी बन्नेछ । प्रत्येक  प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक जना संयोजक रहने गरी १६५  सदस्य रहने कमिटी गठन हुने भट्टराईले बताए । प्रतिनिधिसभा कमिटीमा हाल क्षेत्रीय कमिटीमा रहेकाहरु स्वतः प्रतिनिधिसभा समिति सदस्य बन्नेछन् ।
यस्तै ३३० सदस्यीय प्रदेश  सभा कमिटी पनि बनाइने छ । जसमा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्र बराबर एक संयोजक रहने गरी  कमिटी बनाइनेछ भने हालको गाउँ तथा  नगर समितिमा रहेकाहरु स्वतः यो कमिटीमा रहने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।