उपत्यकाको फोहोर व्यवस्थापनका लागी स्थानियबासीसँग वार्ता गर्न उपमेयरहरु सिसडोल ल्यान्डफिल साइटमा
कपन अनलाइन
काठमाण्डौ, भाद्र २४ ।
केही दिनदेखि उपत्यकामा फोहोर व्यवस्थापन हुन नसक्दा बाटो बाटोमा फोहोर थुप्रिएर दुर्गन्धित भएर व्यवस्थापनमा समेत कठिन बन्दै गए पछि स्थानीयबासीसँग वार्ता गर्न दुई महानगरपालिकाका उपमेयरहरु सिसडोल ल्यान्डफिल साइट पुगेका छन् ।
काठमाडौंका केही वडा अध्यक्षहरु, वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठ, ललितपुरका फोहोर व्यवस्थापन प्रमुख लगायतको टोली सहित दुई उपमेयर हरिप्रभा खडगी र गीता सत्याल सिसडोल पुगेका हुन् ।
उनीहरुले स्ठानीयबासीसँग जति सक्दो चाडै फोहोर व्यवस्थापन गर्ने बाताबरण मिलाउनका लागी अनुरोध गरेका थिए । तर स्थानीयले आफ्ना मागहरु पूरा गरेपछि मात्रै सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न दिने जनाएका थिए ।
महानगरपालिकाबाट ३ बर्षका लागी अधिकरण गरिएका जग्गा १२ बर्ष सम्म पनि व्यवस्थित हुन् नसकेको र बर्षातको समयमा फोहोरबाट निस्केको पानी खोलामा मिसिदा खोला समेत प्रदुसित बन्दै गएकोले पनि उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिल साइटमा फाल्न अबरोध गर्नु परेको स्थानियहरु बताउछन ।
यसरी बर्षातको समयमा बाटो बाटोमा फोहोर थुप्रिएर दुर्गन्धित हुँदा उपत्यकामा महामारी फैलिन सक्ने र जनताहरुको दैनिकी काममा समेत बाधा पुग्ने हुदा महानगरपालिका र स्थानिय बिच बार्ताका माध्यमबाट फोहोर व्यवस्थापनको समस्या चाडो भन्दा चाडो हल हुनु पर्ने महानगरपालिकाबासीहरु बताउछन् ।