सांसदको कार्यालय क्षेत्र नं ४ को सडक र विकास निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौ,भाद्र २०।
माननीय सांसदको कार्यालय क्षेत्र नं ४ को आयोजनामा आज बुढानिलकण्ठ नगरपालिका १० कपन स्थित बालउद्धार मावीमा बुढानिलकण्ठ नगरपालिका भित्रका सडक र विकास निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रमका सांसद गगन कुमार थापा, बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्धब खरेल, सडक महानिर्देशक गोपाल सिग्देल,सडक क्षत्रीय निर्देशक शिवहरी सापकोटा, सडक डी इ मुकुन्द अधिकारि PID बाट सुर्य कडेल र योगेश बैध ADB का प्रतिनिधि सज्जन कुवर KUKL का प्रमुख महेश भट्टराई, नेपालि कांग्रेसका क्षेत्रीय सभापति राजु श्रेष्ठ, खानेपानी कार्यालयका प्रमुख शुदर्सन भण्डारी उपस्थित थिए ।
कार्यक्रम मा क्षेत्र नं ४ का सांसद गगन कुमार थापाले आफ्नो प्रस्तुति दिएका थिए । उनको प्रस्तुति विकास निर्माणमा केन्द्रित थियो । उनले सडकको दुरावस्थाको कारण जनताले निकै दुख पाइरहेको र यसको समाधानको लागी सरोकारवाला कार्यालयका प्रतिनिधि सहित अन्तरक्रिया कार्यक्रम गरेको बताएका थिए ।
सडक को टेन्डर प्रक्रियाको कमजोरी तर्फ लक्षित गर्दै थापाले सडकको टेन्डर गर्दा अनुमानित लागत २९ करोड लागतको रहेको छ तर ठेक्का सम्झौता हुदै गर्दा २० करोडमा भएको र ९ करोड तल झरेर सम्झौता भएकोले समस्याको सुरुवात त्यही बाट सुरु भएको बताएका थिए ।
बुडानिलकण्ठ नगरपालिका भित्रको मुख्य सडकमा धेरै अबरोध आएको र यस्ता अवरोधमा कुनै ठाउमा बिजुलीको पोलले कतिपय ठाउमा घरधनीको अबरोध,पानीको पाइपले अबरोध झन्डै झन्डै सडक निर्माणको क्रममा बिभिन्न ठाउ गरी १०० भन्दा बढीको संख्यामा अबरोध रहेको उनले बताएका थिए ।
सडक कार्यालयका महानिर्देशक गोपाल सिग्देलले भदौ पछी सडक निर्माणले गति लिने र प्रत्येक १५ ,१५ दिनमा आफै कामको निरीक्षण अबलोकन गरि रिपोर्टिंग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए साथै निर्माण व्यवसायी र ठेकदार काम यथासिघ्र समापन गर्नु पर्ने र यसमा आफुले सहयोग गर्ने बताएका थिए ।
त्यस्तै क्षेत्रीय निर्देशक शिवहरी सापकोटाले सरस्वती मार्ग हरेक ७ दिनमा आफै बाटो निरीक्षण गर्न हिड्ने र प्रगति बारेमा जानकारी लिने बताएका थिए ।
केयुकेएल प्रमुख महेश भट्टराईले मेलम्चीको पानी के कति मात्रामा आउछ त्यो रिंगरोड भित्रको लागि मात्र नभई सबैलाई भएको र हाल कपन महाकाल चौर बाट वितरण भैरहेको सुन्दरीजलको पानीमा मिसिएर जाने बताएका थिए ।
कार्यक्रममा बोल्दै बुडानिलकण्ठका प्रमुख उद्धब खरेलले समग्र बिकासमा आफु लाग्ने र आफ्नो कार्यकालको सय दिनमा ठुलो काम गर्न नसके पनि शुसासनको क्षेत्रमा केहि काम गरेको र आगामी दिनमा बिकास निर्माणमा गुणस्तरको लागि अनुगमन गर्दै दिगो बिकासको लागि निर्माण स्थलमा साइन बोर्ड राख्न लगाएर प्रभावकारी अनुगमन गर्ने बताएका थिए ।
कार्यक्रममा उपस्थित जनताहरुले पनि आफ्ना प्रश्न र सुझाव प्रस्तुतगरेका थिए ।