मानव वेचविखन तथा अाेसारपसार विरूद्धकाे एघाराैं राष्ट्रिय दिवस सम्पन्न

मानव वेचविखन तथा अाेसारपसार विरूद्धकाे एघाराैं राष्ट्रिय दिवस सम्पन्न
कपन अनलाइन 
काठमाडौ,भाद्र २०/पुस्पा थापा
सार्कमा मानव वेचविखन तथा अाेसारपसार विरूद्धकाे महासन्धिलाई अनुमाेदन गरेकाे दिन अाज महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकाे अायाेजनामा ११ अाैं मानव वेचविखन तथा अाेसारपसार विरूद्ध दिवस मनाईयाे।
सप्ताह व्यापी यस कार्यक्रमकाे पहिलाे दिन अाज विहान ८ वजे भृकुटीमण्डपबाट विभिन्न सघं संस्था ,नेपाल सरकारका कर्मचारी ,विध्यार्थी,सेना र प्रहरीहरूकाे सहभागीताका प्रभातफेरी कार्यक्रम गरियाे ।
अवकाे गन्तव्य ,मानव वेचविखनकाे अन्त्य भन्ने नाराका साथ प्रज्ञा प्रतिष्ठानमा सम्मानिय सभामुख अाेनसरी घर्तीकाे प्रमुख अातिथ्यतामा मुल समाराेहकाे अायाेजना गरियाे। साे कार्यक्रममा मानव वेचविखन विरूद्ध उल्लेखनीय कार्य गर्ने नेपाल सरकारका कर्मचारी सावित्रा न्याैपाने ,पत्रकारहरू रमा लुईटेल हिमालय टाईम्स पार्वता चाैधरी कान्तिपुर ,नेपालप्रहरी प्रहरी जवान सपना एेर चाैधरी,संस्थावाट नतिसरा राईलाई सम्मान र पुरस्कार  प्रदान गरीएकाे थियाे। पुरस्कारमा जनही १० हजार  प्रदान गरीएकाे थियाे।

 

तपाइँको प्रतिक्रिया ।