काठमाडौं महानगरपालिकामा पहिलो जेष्ठ नागरिक क्लव उद्घाटन

काठमाडौं महानगरपालिकामा पहिलो जेष्ठ नागरिक क्लव उद्घाटन

कपन अनलाइन

काठमाडौ,भाद्र १९।

काठमाडौं महानगरपालिकामा पहिलो जेष्ठ नागरिक क्लव उद्घाटन भएको छ । काठमाडौ महानगरपालिका वडा नं ७ स्थित मैजुबहाल सामुदायिक भवनमा संचालन हुने उक्त क्लवको उद्घाटन काठमाडौं महानगरपालिकाका प्रमख विद्यासुन्दर शाक्यले गरेका थिए।

उक्त उद्घाटन कार्यक्रममा पुर्व न्याधिस राम नगिना सिंह ,नेपाल सरकारका पुर्व सचिव नारायण राज तिवारी ,डा , गौरी संकर लाल दास लगायत का विसिस्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

काठमाडौं महानगरपालिकाका प्रमख विद्या सुन्दर शाक्यले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरे अनुसार यो जेष्ठ नागरिक क्लव स्थापना गरिएको र महानगरका अन्य वडामा पनि क्रमस यस्ता क्लवहरु स्थापना गर्नुका साथै उचित स्थानको छनौट गरी जेष्ठ नागरिक विश्राम स्थल (पार्क ) निर्माण गर्ने र सुविधा सम्पन्न जेष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गर्न चाहने वडालाई विशेष प्रोत्साहन गर्ने बताएका थिए।

कार्यक्रमको अध्यक्षता गरेका वडा नं ७ का अध्यक्ष सुद्ध डंगोलले वडा स्तरीय जेष्ठ नागरिक क्लव वडाका अन्य स्थानमा पनि स्थापना गर्ने तथा केन्द्रको रुपमा उद्घाटन भएको मैजुबहाल स्थित मुख्य कार्यालयलाई सुविधा सम्पन्न बनाउने प्रतिवदत्ता व्यक्त गरेका थिए। गौरी संकर लाल दासको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरिएको  उक्त कार्यक्रमको संचालन नेपाली  सेनाका पुर्व उप  रथी केशर बहादुर भण्डारीले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।