सांसद गगन थापा द्वारा रास्ट्रिय आयुर्वेद पन्चकर्म तथा योग केन्द्रको भवन शिलान्यास

सांसद गगन थापा द्वारा रास्ट्रिय आयुर्वेद पन्चकर्म तथा योग केन्द्रको भवन शिलान्यास

कपन अनलाइन 

काठमाडौ,भाद्र १९ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ पासिकोटमा रास्ट्रिय आयुर्वेद पन्चकर्म तथा योग केन्द्रको भवन क्षेत्र नं ४ का सांसद गगन कुमार थापाले एक कार्यक्रम विच शिलान्यास गरेका छन ।उक्त शिलान्यास कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका का प्रमुख उद्दव खरेल , केन्द्रका   पदाधिकारी ,सदस्यहरु र स्थानीय हरुको उपस्थिति रहेको थियो ।

यो भवन निर्माण पश्चात यस क्षेत्रमा आयुर्वेद र योगको प्रवर्धनमा सहयोग पुग्ने र बुढानिलकण्ठ आध्यात्मिक र ध्यानको लागी उपयुक्त स्थान रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए।

कार्यक्रममा बोल्दै सांसद थापाले बुढानिलकण्ठ क्षेत्र प्राचिन समय देखी अध्यात्म र योगको लागी प्रख्यात रहेको र अध्ययन अनुसन्धानको लागी पनि उपयुक्त स्थान रहेको बताएका थिए । उनले सांसदको कार्यालय बाट त्यस क्षेत्रको  विकासका लागी जुनसुकै सहयोग हुने प्रतिवद्दत्ता व्यक्त गरेका थिए ।फोटो सौजन्य : सानु श्रेष्ठ

तपाइँको प्रतिक्रिया ।