बुढानिलकण्ठ नगरपालिकाले युवा विवरण संकलन गर्ने

बुढानिलकण्ठ नगरपालिकाले युवा विवरण संकलन गर्ने

कपन अनलाइन

काठमाडौ,भाद्र १७।

बुढानिलकण्ठ नगरपालिकाको कार्यलयले नगरपालिका भित्र रहेका युवाहरुको विवरण संकलन कार्यको लागी पहल थालेको छ ।नगपालिका प्रमुख उद्दव खरेलले युवाहरुको रुची,शैक्षिक पृष्ठभूमि ,नगरपालिकालाई योगदान गर्न सक्ने क्षेत्र आदिको विवरण मागेका छन नगरपालिकामा युवाहरुले योगदान गर्न सक्ने क्षेत्र हरुमा स्वम सेवा,युवा संसद ,उधम ,अनुसन्धान आदि तय गरिएको छ ।

यसका अलावा नगरपालिका भित्र बस्ने युवाहरुले आफ्ना आविस्कार ,नया योजना र कुनै नविन कार्य गर्न लागेमा त्यसको विवरण नगरपालिकामा बुझाउन अनुरोध पनि गरेको छ । यस्ता योजना र युवा लक्षित कार्यक्रममा नगरपालिकाको  सहयोग रहने प्रमुख खरेलले बताए ।यो विवरण अनलाइन भर्न सकिने नगरपालिका ले जनाएको छ।

थप जानकारीका लागि :

https://docs.google.com/forms/d/e/1FAIpQLSfqcFqtVvISWCUzYn_fanjfwcW6nq7VIc4NCZJi48eUiPEPSQ/viewform

तपाइँको प्रतिक्रिया ।