दक्षिणकाली नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,भाद्र १४।
दक्षिणकाली नगरपालिका वडा नं ५ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार गर्ने तथा वडाको भौतिक र अन्य पक्षको विकास गरी वडालाई नमुना वडा बनाउने मुख्य योजना रहेको अध्यक्ष श्याम बहादुर खत्रीले बताए ।
वडा नं ६ का मुख्य तथा सहायक सडक हरुमा नानीराम बस्नेतको घर देखी खर्क सम्मको बाटो ढलान (क्रमागत ),घट्टे खोला देखी डाडा गाउँ सम्म मोटर बाटो निर्माण गर्ने ,डोल्लु माँझ गाउँ सडक निर्माण गर्ने ,गोलबाहल –पिपलबोट देखी शितल हाल आउने बाटो निर्माण गर्ने ,कन्चन बस्नेतको घर देखी खर्क तथा भूमे डाडो निर्माण गर्ने ,मुसे गणेश –निम डोल गोरेटो बाटो ढलान गर्ने ,डोल्लु खोला रामचन्द्र खत्रीको घर हुदै घट्टे खोला ४ फिटे बाटो निर्माण गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताए ।
वडा नं ५ को खानेपानीको श्रोत पर्याप्त रहेको तर त्यसको उचित व्यवस्थापन गर्नु पर्ने भएकोले खानेपानी व्यवस्थापनका लागी योजना बनाउने अध्यक्ष खत्रीले बताए । यसमा डोल्लु खानेपानी आयोजना र अन्य मूल भएका स्थानमा पानी ट्यांकी निर्माण गरी सहज वितरणको व्यवस्था गर्ने वडा नं ५ ले जनाएको छ ।
वडा नं ५ का सार्वजनिक जग्गा र धार्मिक सांस्कृतिक सम्पदा हरुको संरक्षण गरी उचित स्थानमा विविध भौतिक निर्माण गर्ने अध्यक्ष खत्रीको योजना रहेको छ ।यसमा गणेश सरस्वती क्लव को सटर फिटिंग ,नन्द केशरी मन्दिर निर्माण ,इखा पोखरी ढल व्यवस्थापन ,गोल बहाल –इखा पोखरी ढल व्यवस्थापन ,स्वछन्द उक्त भैरव पुन निर्माण ,इखा पोखरी ढुंगा छपाई ,गोल बहाल अपुरो ढुंगा छपाई ,शेष नारायण मन्दिर शौचालय निर्माण, रण मुक्तेश्वर महादेव पुन निर्माण ,रक्षेश्वर मन्दिर सामुदायिक भवन निर्माण,शक्ती पुरुषोत्तम नारायण मन्दिर पुन निर्माण आदि निर्माण गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताए ।
वडामा आधुनिक कृषि खेतीका लागी किसनहरुलाई प्रेरित गर्न तालिम र परामर्शको व्यवस्था गर्नुका साथै शेषनारायण बाण देवी सिंचाई कुलो निर्माण गर्ने योजना रहेको वडा नं ५ ले जनाएको छ ।
जेष्ठ नागरिकहरुको समाजिक सुरक्षा भत्ता ब्यांक मार्फत उपलव्ध गराउने र अशक्त हरुलाई घरघरमानै उपलव्ध गराउने योजना बनाएको वडाले जेष्ठ नागरिक विश्राम गृह निर्माण गर्ने तथा जेष्ठ नागरिक नर्शिंग स्याहार केन्द्र बनाउने योजना बनाएको अध्यक्ष खत्रीले बताए ।
महिला तथा युवा हरुको रचनात्मक र सृजनशीलताको विकास गर्न विभिन्न शिपमुलक तथा आयमुलक तालिमहरुको संचालन गर्ने योजना वडा नं ५ ले बनाएको छ ।यस्ता कार्यक्रमहरु तर्फ महिला स्वास्थ्य स्वयम् सेविकालाइ तालिम र प्रोत्साहन भत्ता उपलव्ध गराउने ,दलित महिला र रुपान्तरित किशोरी समुहलाइ आयमुलक तालिम संचालन ,महिलाहरुलाई लघु उधम विकास ,कोठे पटोल महिला समुहलाई तालिम र एकल महिलाहरुलाई आय आर्जन तथा शिपमुलक तालिम संचालन गर्ने योजना वडा नं ५ ले बनाएको छ ।
त्यस्तै युवा लक्षित कार्यक्रम तर्फ इखा पोखरी र गोल बहालमा टिटी कोर्ट निर्माण र खेलकुद सामग्री वितरण ,क्रियटिभ वाल क्लव क्षेमता विकास कार्यक्रम संचालन ,डोल्लु फुटवल चौर निर्माण गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताए ।
वडा नं ५ को शैक्षिक सुधारका लागी डोल खर्क पुस्तकालय निर्माण , त्रिभुवन आदर्श मावीको लागी आधुनिक बिज्ञान प्रयोगशाला संचालन गर्ने र श्री अरुणोदय मावीमा दिवा खाजा कार्यक्रम संचालन गर्ने योजना वडा नं ५ ले बनाएको छ ।
आगामी ५ वर्ष भित्र वडालाई उज्यालो वडा बनाउने लक्ष्य लिएको वडामा रोजगारका अवसर सृजना गरेर श्रम तथा प्रतिभा पलायन रोक्ने र अपांगता भएका हरुलाई सहजीकरण गर्न सामग्री वितरण गर्ने ,तालिम संचालन गर्ने ,प्रचलित नेवा लिपी संरक्षण गर्ने ,हरिशंकर जात्रा नेवा पुच : संरक्षण गर्ने ,परम्परागत बाजा खरिद तथा तालिम संचालन गर्ने र सामुदायिक केन्द्र स्थापना गर्ने योजना रहेको अध्यक्ष खत्रीले बताए ।
दक्षिणकाली नगरपालिका वडा नं ५ मा अध्यक्ष खत्रीका साथमा बुद्धरत्न बलामी ,मदन कुमार महर्जन ,कमला तामांग र निर्मला मगराती जनप्रतिनिधि रहेका छन ।