दक्षिणकाली नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

दक्षिणकाली नगरपालिका वडा नं ९ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,भाद्र १४।

दक्षिणकाली नगरपालिका वडा नं ९ का मुख्य तथा सहायक सडकहरुको मर्मत ,सुधार ,विस्तार  र निर्माण गरी वडाका प्रत्यक गाउँ टोलमा सहज यातायातको व्यवस्था गर्ने मुख्य योजना रहेको वडा अध्यक्ष अमुका बलामीले बताए ।

वडाका मुख्य तथा सहायक सडकहरुमा ढेवी भाजंगल कच्ची मोटर बाटो ग्राभेलिंग ,ठुलो चुली सानो चुली मोटर बाटो मर्मत ,खोला हुदै सुन्डोल चम्पादेवी पाउ मोटर बाटो ,फूलचोक लामा गाउ जोड्ने बाटो ,ढेवी कृष्ण मन्दिर मोटर बाटो निर्माण ,नपु चौर देउराली हुदै सेती देवी मन्दिर निस्कने मोटर बाटो ढलान ,डाडी खेल मोटर बाटो ढलान ,टल्कु सुन्डोल मोटर बाटो निर्माण ,खार्पा मोटर बाटो स्तरउन्नति गर्ने  ,टल्कु पिपलबोट हुदै फर्पिंग जाने गोरेटो बाटो मर्मत ,सानीमहल मनकामना मोटर बाटो मर्मत ,इन्द्रायणी मन्दिर हुदै सुगा पधेरो बलामी गाउँ बाटो मर्मत गर्ने योजना रहेको अध्यक्ष बलामीले बताए ।

वडा नं ९ का सार्वजनिक जग्गाहरुको अभिलेखीकरण र संरक्षण गरी उचित स्थानमा भौतिक निर्माण गर्ने योजना रहेको अध्यक्ष बलामीले बताए ।यस्त भौतिक निर्माण तर्फ तामांग जातीको दाह संस्कार स्थल पोखरी डाडामा व्यवस्थापन गर्ने ,डाडी खेल महिला सामुदायिक भवन निर्माण ,वडाको उचित स्थानमा वाचनालयको निर्माण गर्ने ,इन्द्रायणी नजिक बलामी गुठी घाट पाटी निर्माण ,सामुदायिक भवन निर्माण साविक वडा नं ४ ,लाकुरी बोट भवन निर्माण साविक वडा नं २ ,सामुदायिक भवन निर्माण साविक वडा नं ३ वडा कार्यालय भवन माथी सामुदायिक भवन निर्माण आदि रहेको अध्यक्ष बलामीले बताए ।

वडा नं ९ को खानेपानीको समस्या समाधानको लागी हिटि डोल सानिमहल खानेपानी मर्मत ,टल्कु सिम खानेपानी आयोजनालाई संरक्षण र विस्तार गर्ने योजना रहेको अध्यक्ष बलामीले बताए ।

वडाको शैक्षिक सुधारका लागी कालीदेवी प्रावी ब्लक सोलिंग ,सेतीदेवी मावी ब्लक तथा ढुंगा सोलिंग गर्ने योजना वडा नं ९ ले बनाएको छ ।वालबालिकाहरुलाई छात्रवृतिका साथै पोसाक, शिसु स्याहार र शैक्षिक सामग्री वितरण गर्ने योजना पनि वडाले बनाएको छ ।

वडामा फोहोरमैलाको व्यवस्थापन गर्न विशेष कार्यक्रम संचालन गर्नुका साथै आधुनिक कृषि खेतीलाई संचालन गर्न कृषक हरुलाई परामर्श तथा तालिम प्रदान गर्ने योजना वडा नं ९ ले बनाएको छ भने जनजाती र अपांगहरुलाई प्रोत्साहनका लागी पनि कार्यक्रम तय गरिएको अध्यक्ष बलामीले बताए ।

जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ता ब्यांक मार्फत गर्ने र त्यहा सम्म पुग्न यातायात खर्च वडाले उपलव्ध गराउने तथा सम्मानको कार्यक्रम संचालन गर्ने अध्यक्ष बलामीले बताए ।

वडा नं ९ का धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने योजना वडाले बनाएको छ जसमा बाँझको चौर भैरव मन्दिर तारवार ,सेतीदेवी मन्दिर निर्माण आदी प्राथमिकतामा रहेका छन ।

महिला र युवा लक्षित कार्यक्रम तर्फ अभिमुखीकरण र शसक्तिकरण तालिम ,शिपमुलक र आय आर्जनका तालिम ,नागरिक सचेतना केन्द्रका महिलाहरुलाई तालिम प्रदान गर्नेर एकल महिला हरुलाई तीजमा कार्यक्रम गर्ने  योजना वडा नं ९ ले बनाएको छ ।त्यस्तै युवा हरुको रचनात्मक विकासको लागी ठुलो पोखरी खेल मैदान निर्माण ,कम्प्युटर र उद्घोषण तालिम, सिमल चौर खेलकुद मैदान निर्माण आदी योजना रहेको अध्यक्ष बलामीले बताए ।

वडाका विभिन्न स्थानमा सौर्य बत्ति जडान गर्ने र वडामा ठिक १० बजे रास्ट्रिय गान बजाउने योजना बनाएको वडा नं ९ ले सेवाग्राहीहरुलाई मुस्कान सहितको सेवा प्रदान गर्ने जनाएको छ ।

दक्षिणकाली नगरपालिका वडा नं ९ मा अध्यक्ष बालामीका साथमा राजु अधिकारी ,विक्रम तामांग ,सुमित्रा केसी र मिना परियार जनप्रतिनिधि रहेका छन

 

 

तपाइँको प्रतिक्रिया ।