बालुवा चोरी रोक्न बिहान ५.३० बजे खोलामा पुगे बुनपा २ का अध्यक्ष राजेन्द्र खड्का
कपन अनलाइन
काठमाडौ,भाद्र ११।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ को रुद्रेश्वर मन्दिर खोला वाट अनाधिकृत रुपमा बालुवा चोरी गरिरहेको ट्रक वडा अध्यक्ष राजेन्द्र खड्काको नेतृत्वमा गएको टोलीले नियन्त्रणमा लिएको छ ।
बिहान ५.३० बजे गएको अध्यक्ष सहितको टोलीले सो ट्रक नियन्त्रणमा लिएको थियो । सो बालुवा चोरी गर्ने ट्रकलाई नसिहत दिई स्थानीयको अनुरोधमा छोडिएको अध्यक्ष खड्काले कपन अनलाइनलाई बताए। चोरी गरिएको बालुवा अन्य जनताको हित हुने स्थानमा खन्याउन लगाएर अन्तिम पटकलाई हामीले ट्रक छोडेका हौ अन्य समयमा फेरी भेटियो भने कारवाहीको प्रक्रिया अगाडी बढ्छ उनले थपे ।
बुढानिलकण्ठ नगरपालिकाका अन्य स्थानमा पनि गैरकानुनी रुपमा बालुवा चोरी निकासीको गुनासो बढे पछी जनप्रतिनिधि आफै यसको रोकथाममा सक्रिय बनेका हुन् ।
तपाइँको प्रतिक्रिया ।