टोखा नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

टोखा नगरपालिका वडा नं ५ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,भाद्र ८ ।

टोखा नगरपालिका वडा नं ५ को दिगो बिकासका लागी खानेपानी र ढल ब्यबस्थित गर्ने साथै वडाका प्रत्येक घरधनीले आफ्नो घरको बाटोमा फोकस हुने गरी बत्ती बाल्न प्रेरित गर्ने र त्यसमा वडाले घर करमा पनि छुट दिने मुख्य योजना रहेको अध्यक्ष जगन्नाथ ढकालले बताए ।

वडा नं ५ का सडकहरुको मर्मत ,सुधार ,विस्तार र निर्माण गरी वडाका सबै टोलमा अहज यातायातको व्यवस्था गर्ने अध्यक्ष ढकालले बताए । यस्ता मुख्य तथा सहायक सडकहरुमा नमुना टोल को गेट देखी बाशुकी मार्ग बिष्णु बस्नेतको घर सम्म बाटो कालोपत्रे गर्ने ,हरी मार्ग बाटो पक्की बनाउने ,सिद्धश्वोर एकता टोल प्रकाश अधिकारीको घर देखी पश्चिम् केशव त्रिपाठी को घर सम्म र उत्तर निर्मला सेनको घर सम्म ढल मंगाल मर्मत गरि बाटो कालो पत्रे र आवश्यकता हेरि ढलान गर्ने ,धापसी टोल बिष्णु श्रेष्ठको घर देखी पुर्ब तर्फको बाटो ढलान गर्ने योजना , धापासी टोलम ढल क्षमता बिस्तार गर्ने ,इन्द्र श्रेष्ठको घर अगाडि बाट धापासी उक्लने सिडि रेलिङ सहित मर्मत गर्ने , धापासी देवी मार्ग रेटेनिङ वाल लगाउने , श्री मार्ग देखी कार्की टोल उक्लने सिडिमा रेलिङ राखी मर्मत गर्ने , बि. यन मार्ग कन्क्रीट ढलाइ गर्ने , सिताराम मार्ग मर्मत सुधार गर्ने , शिवशकर रो.बि.स बासुकी मार्ग देखी नानी काजी को घर सम्म बाटो मा ब्लक बिछ्याउने योजना , पृथ्वी बोरिङ देखि अमर श्रेष्ठको घर सम्म बाटो ढलान गर्ने ,त्रिपूरा टोल बिकास सस्था अन्तर्गत बाटो तथा ढल मंगल मर्मत गर्ने ,कल्की मन्दिर देखी सोम को घर सम्म बाटो ढलान गर्ने योजना रहेको अध्यक्ष ढकालले बताए ।

वडा नं ५ को खानेपानीको समस्या समाधानको लागी खानेपानी धापासी मन्दिर देखी वडा ४ को सिमाना सम्म खानेपानीको पाइप बिच्छाउने , मोडल स्कुल देखी कल्की मन्दिर उत्तर सोमको घर सम्म दक्षिण मास्के जिको घर सम्म खानेपानी पाइप बिच्छाउने , हरि मार्गको पुर्ब तथा दक्षिण दुबै तर्फ खानेपानी पाइप बिच्छाउने , नेचर क्ल्ब देखि बिष्णु श्रेष्ठको घर हुँदै बासुकी मार्ग हुँदै पारिजात पथ सम्म खानेपानीको पाइप बिच्छाउने र चेम्बर बनाउने योजना रहेको अध्यक्ष ढकालले बताए ।

जेष्ठ नागरिकलाई सम्मान गर्ने साथै सामाजिक सुरक्षा भत्ता अशक्तलाई घरमा नै पुर्याउने र जेष्ठ नागरिक दिवा सेवा केन्द्र तथा विश्राम स्थल निर्माण गर्ने योजना वडा नं ५ को रहेको छ ।

वडा नं सार्वजनिक जग्गा संरक्षणको लागी अभिलेख राखी रेखांकन सुरु भएको र यसको संरक्षणको विशेष योजना बनाएको अध्यक्ष ढकालले बताए । यसका साथै वडाका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको प्रवर्धन गर्ने योजना वडाले बनाएको छ जसमा बसुन्धरा तथा धनेश्वोर मन्दिर संरक्षण बिकास गर्ने, कल्की मन्दिर संरक्षण बिकास गर्ने र मन्दिर भित्र किरिया पुत्री भवन मर्मत गर्ने , श्री समाज भवनको माथी सेड निर्माण गर्ने योजना रहेको अध्यक्ष ढकालले बताए ।

महिला लक्षित कार्यक्रम तर्फ परिणाम मुखी सीपमुलक आयआर्जन  मुलक तालिम दिने योजना वडाले बनाएको छ भने युवा लक्षित कार्यक्रम तर्फ खेलकुदका गतिविधि स्थानीय युवा क्लव र समुहहरु संग छलफल गरी संचालन गर्ने अध्यक्ष ढकालले बताए ।

वडा नं ५ को शैक्षिक गुणस्तर वृद्धिको लागि आवश्यक पहल गर्ने र वडाका विभिन्न स्थानमा बृक्षारोपण गर्ने र सरसफाइमा सबैलाई समलग्न गराउदै करको दायरा बढाउनुका साथै दिगो बिकासको माध्यम बाट कर तिर्न जनचेतना सहित प्रेरित गर्ने योजना रहेको अध्यक्ष ढकालले बताए ।

वडा प्रोफाइल तयार गर्ने तथा सेवाग्राहीलाई छिटोछरितो सेवा मुस्कान सहित दिने योजना वडा नं ५ को रहेको छ । वडाका घर धनिहरुलाई नै बाटो लाई फोकस गरी बत्ति बाल्न अनुरोध गर्ने र त्यसको लागि मुख्य चोक र फराकिलो बाटोका लागि केही फोकस लाईट नगरपालिकाले उपलब्ध गराउनको लागी पहल गर्ने अध्यक्ष ढकालले बताए ।

टोखा नगरपालिका वडा नं ५ मा अध्यक्ष ढकालको साथमा कल्पना घिमिरे ,चिरञ्जीवी के.सी  रत्नमान श्रेष्ठ र  आशा दमिनी जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।