नेपाल स्काउटमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन

नेपाल स्काउटमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन

कपन अनलाइन

काठमाडौँ, भाद्र ७ गते ।

युवा तथा खेलकुद मन्त्री एवम् नेपाल स्काउटका प्रमुख स्काउट राजेन्द्रकुमार केसीको अध्यक्षतामा मंगलबार बसेको बैैठकले नयाँ तदर्थ समिति गठन गरी ऐन र नियमावली अनुसार सरकारले नेपाल स्काउटको वर्तमान केन्द्रीय कार्यकारी समिति विघटन गरी चन्दन कौशिकको संयोजकत्वमा १३ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको छ ।

तदर्थ समितिले एक वर्ष भित्र राष्ट्रिय परिषद् र केन्द्रीय कार्यकारी समितिको निर्वाचन गराउनु पर्नेछ । तदर्थ समितिमा झापाका शिव पौडेल, सुर्खेतका पार्वती गिरी, भक्तपुरका पुण्यराम गोथे, ललितपुरका केशव महर्जन, काठमाडौँका दीपेश केसी, जयराम कार्की र गौतम अधिकारी, सिन्धुपाल्चोकका देवदूत अधिकारी, चितवनका मनोजजङ्ग रायमाझी, प्यूठानका रामप्रसाद शर्मा, धनुषाका रामकुमार भण्डारी र कास्कीका गोमा घिमिरे पौडेल छन् ।

समितिको सल्लाहकारमा काठमाडौँका डा रवीन्द्रप्रसाद पाण्डे छन । उनीहरुले आज नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा पद बहाली गरेका छन् । यस अघि रबिन दाहालको नेतृत्वमा रहेको केन्द्रीय कार्य समितिले समयमा निर्वाचन गराउन नसकेको आरोप लाग्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।