नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतबाट माइक्रो बस सेवा संचालनको शुभारम्भ

                                                   फोटो सौजन्य : राजेन्द्र बूढाथोकी ६ नं. वडा अध्यक्ष नागार्जुन नपा
कपन अनलाइन 
काठमाडौँ, भाद्र ७ गते
 
नागार्जुन नगरपालिकाको सिताराम स्कुल देखी  भैरबस्थान, सितापाइला चोक, कारखाना चोक हुँदै रत्नपार्क सम्म माइक्रो बस संचालनमा आएको छ । नागर्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत र वडा ६ का अध्यक्ष राजेन्द्र बुढाथोकी लगायत स्थानीयहरुको उपस्तिथिमा आजबाट माइक्रो बस सेवा संचालनको शुभारम्भ गरिएको छ ।

नागार्जुन वडा ६ का वडा अध्यक्ष राजेन्द्र बुढाथोकीको संयोजकत्वमा बनेको समिति र सम्पुर्ण वडाबासिको सयुक्त पहलमा माइक्रो बस संचालनमा आएको हो । शाखा बाटोबाट संचालित माइक्रो बसको सेवाले घण्टौ बस कुर्नु पर्ने झन्झटबाट स्थानियहरुले राहत पाएका छन् ।यातायातको सुविधा भएपछी अव यस क्षेत्रको पर्यटन र व्यापार बढ्ने स्थानीयहरुको विस्वास छ ।

माइक्रो वस संचालनले यस नगरपालिकाको वडा नं ६ को विकासमा निकै ठुलो सहयोग गर्ने नागार्जुन नगरपालिका वडा ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीले बताएका छन्  । 

तपाइँको प्रतिक्रिया ।