प्रधानमन्त्रीको गृह जिल्लामा राहत संकलन

प्रधानमन्त्रीको गृह जिल्लामा राहत संकलन

कपन अनलाइन 

डडेल्धुरा, ३१ साउन । बाढीपीडितका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा सोमबार रु ५० हजार २९५ राहत संकलन गरिएको छ ।

डडेल्धुरास्थित उग्रतारा कृषक सहकारी संस्थाको पहलमा बाढीपीडितका लागि भन्दै संकलन गरिएको रु ५० हजार २९५ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी जनकराज भट्टलाई हस्तान्तरण गरिएको छ ।

सहकारीका प्रतिनिधि, सञ्चारकर्मी, राजनीतिक दलका प्रतिनिधिको संयुक्त टोलीले जिल्ला सदरमुकाममा राहत संकलन गरेको हो । राहत बुझ्दै प्रजिअ भट्टले विपत्तिमा परेकालाई सहयोग गर्नु नै मानवीय धर्म हो भन्ने भावना लिएर राहत संकलन गरेकामा धन्यवाद दिँदै संकलन भएको राहत प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा पठाउने बताए।

बाढी र पहिरोबाट पीडितका लागि सहयोग पुगोस् भन्ने भावना लिई डडेल्धुरावासीबाट राहत संकलन गरिएको उग्रतारा कृषक सहकारी संस्थाले जनाएको छ । राहत संकलनबाट एकापसमा सहयोगको भावनामा वृद्धि हुने सहकारी अध्यक्ष गणेश अवस्थीले बताए  ।

राहत संकलनलाई अझै जारी राख्ने उग्रतारा कृषक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गणेश अवस्थीले बताए । देशका विभिन्न ठाउँमा बाढीपहिरोमा परी ज्यान गुमाउने र धनजनको क्षति भएकाहरुलाई राहत दिनका लागि आफूहरुले डडेल्धुरामा राहत संकलन गरी दैवी उद्धार कोषमा जिल्ला प्रशासनमार्फत पठाएको समेत अध्यक्ष अवस्थीले जानकारी गराए ।

केही भएपनि पीडितलाई राहत पु¥याउने उद्देश्यले मानवीय धर्मका आधारमा राहत संकलन गरिएको प्रधानमन्त्रीका गृह जिल्लावासीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।