बार्सिलोना पराजित, रियल मड्रिडले जित्यो सुपर कपको पहिलो लिग

बार्सिलोना पराजित, रियल मड्रिडले जित्यो सुपर कपको पहिलो लिग

कपन अनलाइन 

एजेन्सी, ३० साउन । बार्सिलोनालाई ३-१ गोलले पराजित गर्दै रियल मड्रिडले स्पेनिस सुपर कपको  पहिलाे लिग जितेको छ । गएको सिजन स्पेनिस लिगमा बार्सिलोनासँग हारेको बदला लिन समेत रियल सफल भएको छ ।

अति नै घम्साघम्सी खेलमा रियल १० जनामा सिमित भएको थियो । खेलको पहिलो हाफ बराबरीमा टुगिएको थियो । तर, दोस्रो हाफ भने अति नै रोमाञ्चक रह्यो ।

खेलको ५३ औ मिनेटमा बार्साका जेरार्ड पिकेले आत्मघाती गोल गर्दा रियलले अग्रता लियो । तर, ७७ औ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल फर्काए । त्यसपछि रियल चम्कियोे ।

रियलका लागि क्रिस्टियानो रोनाल्डोले ८० मिनेटमा गोल गर्दै पुन रियललाई अग्रता दिलाए । खेलको ८२ मिनेटमा रोनाल्डो रातो कार्ड खाँदै बाहिरिए । रोनाल्डोले रातो कार्ड खाएपछि बार्सा खेलमा फर्कने दाउमा थियो ।

तर, खेल सकिन केही मिनेट बाँकी रहँदा मार्को एसिन्सोले रियलका लागि तेस्रो गोल गरे । यो जितसँगै रियलले यस सिजन पनि बलियो सुरुवातको छनक दिएको छ ।

तपाइँको प्रतिक्रिया ।