चन्द्रागिरी नगरपालिका वडा नं ४ योजना तथा कार्यक्रमहरु

चन्द्रागिरी नगरपालिका वडा नं ४ योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,साउन २६।

चन्द्रागिरी नगरपालिका वडा नं ४ लाई पर्यटक नगरी बनाउनका लागी चुनिखेल बाट चित्लाङ हुँदै इन्द्रसरोबर सम्म हाइकिङ मार्गलाई ब्यबस्थित गरी  संचालन गर्ने प्रमुख योजना रहेको वडा नं ४ का अध्यक्ष कृष्ण प्रसाद खड्गीले बताए ।

वडा नं ४ का मुख्य तथा सहायक सडकहरु विस्तार ,मर्मत ,सुधार र निर्माण वडाको अर्को मुख्य योजना रहेको अध्यक्ष खड्गीले बताए ।यस्ता सडकहरुमा वडामा रहेको बसपार्क देखी  वडा कार्यलय सम्म बाटो ढलान , पानी घाट देखी  चुनिखेल सम्म ढल सहित बाटो ढलान ,मङलोदय क्याम्पस बाट नासिम्चा चोक ढलान , पुराना गल्लीहरु मर्मत गरी  आवश्यकता अनुसार ढलान गर्ने ,चुनदेबि डाडा गाउँ बाट देउलाङ सम्म बाटो मर्मत ,टेकानपुर पाङ्ला बाटो ढलान ,मोडल स्कुल टेकानपुर बाटो ढलान गर्ने योजना वडा नं ४ ले बनाएको छ।

वडा नं ४ मा रहेको खानेपानीको समस्या समाधानका लागी चुनदेबी थानमा ट्यान्की निर्माण भै बोरिङको पानी बितरण भैरहेको र अर्को बोरिङ संचालन गर्न प्रारम्भिक चरणमा रहेको र पानीघाटमा बोरिङ संचालन हुँदै गरेकोले ति योजनाहरुलाई व्यवस्थित गरी खानेपानीको सहज वितरणको व्यवस्था मिलाउने अध्यक्ष खड्गीले बताए ।

वडा नं ४ मा रहेको स्वस्थ्य चौकीलाई स्ततुन्नती गर्ने र ल्याबका सामान सहित आवस्यक फर्निचर खरिद गर्ने योजना वडा नं ४ ले बनाएको छ ।

वडा नं ४ मा रहेका सार्वजनिक जग्गाहरुको अभिलेख संकलन गरी संरक्षणको विशेष योजना निर्माण गर्ने वडा नं ४ को योजना रहेको छ ।त्यस्तै वडा नं ४ मा रहेका धार्मिक तथा पुराताविक सम्पदाहरुको संरक्षणमा केन्द्रित रहेर विशेष कार्यक्रम तय गर्ने अध्यक्ष खड्गीले बताए ।

यसमा आदी नारायण मन्दिर , महालक्ष्मी मन्दिर , कोत घर , सिलाफल पोखरी संरक्षण गर्ने ,सास्कृतिक महत्त्व का बाजा लाखे नाच , भेषभुषा  ,आदिको संरक्षण गर्दै नंया पीडिलाई पनि सास्कृतिक कुराहरु सिकाउदै संरक्षण जगेर्ना गर्न पहल गर्ने , नौधारा जुन पुर्ब तर्फ फर्केको छ जहाँ बर्षको एक पटक जनै पुर्णिामाको दिन मुख धुन बाजागाजा सहित वडावासी  जान्छन् त्यस्को संरक्षण गर्ने योजना वडा नं ४ को रहेको छ ।

जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउन थालिसकेको र वृद्धहरुलाइ सम्मान गर्ने योजना रहेको अध्यक्ष खड्गीले बताए ।यसका साथै चन्द्रागिरी केबलकारमा स्थानीयलाई अझ सहुलियतको लागि प्रयास गर्ने र सम्झौता अनुसार काम भए नभएको अनुगमन गर्ने योजना वडा नं ४ ले बनाएको छ ।

वडा नं ४ को आफ्नै सुविधा सम्पन्न वडा कार्यालय भवन निर्माण गरी वडामा सेवाग्राहीलाई मुस्कान सहित छिटोछरितो काम गर्ने योजनामा वडा नं ४ रहेको छ ।

वडा नं ४ मा रहेको सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागी आवस्यक पहल गर्ने अध्यक्ष खड्गीले बताए । चुनदेवी मावीमा ट्रस्ट  निर्माण गर्नुका साथै शैक्षिक गुणस्तर वृद्धिको लागि आवश्यक पहल गर्ने योजनामा वडा नं ४ रहेको छ ।

महिला तथा युवा लक्षित कार्यक्रम तर्फ सीपमुलक र आयआर्जन हुने तालिम संचालन गर्ने सोच रहेको अध्यक्ष खड्गीले बताए ।

वडा नं ४ मा अध्यक्ष खड्गी सहित पृथ्वी बहादुर लामा , मन्जय प्रकाश श्रेष्ठ , रबिना रोक्का र कृष्णा कुमारी गोपाली जनप्रतिनिधि रहेका छन ।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।