कपनमा नेपाली कांग्रेस समर्थित युवाहरुको विशेष भेला

 

भेलालाई सम्बोधन गर्दै गगन थापा
भेलालाई सम्बोधन गर्दै गगन थापा

कपन अनलाइन राजनीतिक दलहरुले अघोषितरुपमा चुनाव केन्द्रित विभिन्न राजनीतिक गतिविधि सञ्चालन गरिरहेको बेला कपनमा आज नेपाली कांग्रेस समर्थित युवाहरुको विशेष भेला आयोजना गरिएको. छ । कपन ३ स्थित ग्रिनविच क्याफेमा सम्पन्न भेलामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगन थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए ।

 

कपनमा छरिएर रहेका नेपाली कांग्रेस समर्थित युवाहरुको साथमा स्वतन्त्र रुपमा रहेका थुप्रै अरु युवाहरु पनि सहभागि यस कार्यक्रमको आयोजना कपन ३ का रञ्जित के.सी. र सुमन थापाले गरेका थिए । कपन नेपाली कांग्रेसका अधिकांश चिनिएका व्यक्तिहरुका उपस्थितिमा प्रमुख अतिथिका रुपमा आएका गगन थापाले युवाहरुका लागि हातेमालो गरेर सिर्जनशील एवम् उपयोगी कार्यमा लाग्न तथा लगाउन आफू यहाँ उपस्थित भएको बताएका थिए । उनले राजनीतिमा युवाहरुलाई गरिने दुरुपयोगको बारेमा उल्लेख गर्दै युवाहरुलाई सक्षम बनाए मात्र उनीहरुले राजनीतिलाई अगाडि बढाउने बताउँदै कपनका युवाहरुमा आफू कुनै पार्टी नभनीकन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

कपन कांग्रेसका नेता रामकृष्ण के.सी. सम्बोधन गर्दै
कपन कांग्रेसका नेता रामकृष्ण के.सी. सम्बोधन गर्दै

कार्यक्रमको सुरुमा बोल्दै कपन नेपाली कांग्रेसका नेता रामकृष्ण के.सी.ले राजनीतिले समाजलाई विकासतिर डोर्याउने बताउँदै युवाहरुलाई राम्रा र रचनात्मक कार्यमा डोर्याउन आवश्यक रहेको बताएका थिए । ने.का. कपनका सभापति विनोद चालिसेले युवालाई आकर्षण हुने खालको विभिन्न कार्यक्रम ल्याउन कपन ने.का.ले तयार गरिरहेको बताएका थिए । करिब १०० जनाको सहभागिता रहेको कार्यक्रमलाई स्वागत गर्दै आयोजकका तर्फबाट सुमन थापाले भविष्यमा यस्ता कार्यक्रम नियमित गर्ने बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।