कपनको पहिलो लघुवित्त कार्यक्रम उत्साहजनक प्रगतिमा

P1030956कपन अनलाइनकपन १ स्थित नारी चेतना सशक्तिकरण समूहले यसै वर्षदेखि लागु गरेको कपनको पहिलो लघुविक्त कार्यक्रममा यस क्षेत्रका महिलाहरुको उत्साहजनका सहभागिता देखिएको छ । सामुहिकरुपमा ५ जना भएर खाता खोलेर सामूहिक जमानीमा व्यक्तिगत ऋण लिन पाइने यस कार्यक्रममा कपनका सयौं महिलाहरु सहभागि भैसकेका छन् । 

महिलाहरुको आर्थिक एवम् सामाजिक अवस्थालाई समृद्ध पारी आत्मनिर्भर बनाउन टेवा पुर्याउने उद्धेष्यले लागु गरिएको यो कार्यक्रममा आबद्ध भएपछि महिलाहरुले १४ प्रतिशत ब्याजमा ऋण पाउन सकिन्छ । ब्याजमा लिइएको ऋणलाई १५ दिनको २५ किस्तामा बुझाउने नियम लघुवित्तमा रहने गर्दछ । लघुवित्तमा महिलाहरु मात्र सहभागि हुन सक्छन् ।
P1030960त्यसैगरी जम्मा गरिएको रकममा ८ प्रतिशत ब्याज दिइने व्यवस्था गरिएको कुरा लघुवित्त सञ्चालक समितिकी प्रमिला उप्रेतीले बताउँछिन् । उनका अनुसार महिलाहरु समूहगत रुपमा न्युनतम ५० रुपैंया पाक्षिकरुपमा जम्मा गरेर कपनवासीले यस लघुवित्त कार्यक्रममा सहभागि हुन सक्छन् ।

तपाइँको प्रतिक्रिया ।