नागार्जुन नगरपालिका वडा नं १ का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
काठमाडौ,साउन २१ ।
नागार्जुन नगरपालिका वडानं १ का मुख्य तथा सहायक सडकहरु विस्तार,सुधार ,मर्मत र निर्माण गरी वडामा रहेकाआर्थिक,सामाजिक,सांस्कृतिक र पुरातात्विक महत्वका कुराहरुलाई संरक्षण र प्रवर्धन गरी सम्मुनत वडा बनाउने वडा नं १ का अध्यक्ष रामचन्द्र लामाले बताए।
यस वडा भित्र रहेका मुख्य तथा सहायक सडक तर्फ राधाकृष्ण मन्दिर देखि माईक्रो चोक सम्म र माईक्रोचोक देखि टलक लामाको घर सम्म सडक मर्मत गर्ने, राजिव लामाको घर देखी बाल विकास मावि सम्मको बाटो ढलान गर्ने, बाघे लामाको चोक हुदै माथी भुलबहादुर बलामको घर सम्म बाटो ढलान गर्ने, शम्भु लामाको घर देखि दामोदर लामाको घर सम्म बाटो ढलान गर्ने, बाख्रा पालन देखि बाल विकास जाने बाटो ढलान गर्ने र राजुको घर नजिकको चोक दखी तीन धारा पधेरा जाने बाटो ढलान गर्ने साथै भित्रि शाखाहरु आवश्यकता हेरी बाटो मर्मत र ढलान गरिने योजना रहेको वडा नं.१ का अध्यक्ष लामाले बताए ।
वडा नं. १ को खानेपानीको समस्या समधान गर्नका लागि तीनधारा पधेरा व्यवस्थित गर्ने, सिमपानी खानेपानीको व्यवस्था गर्ने र नासी ढोका खानेपानी विस्तार गर्ने र स्तरउन्नती गर्ने दीर्घकालीन योजना वडा नं. १ ले बनाएको छ ।
वडा नं.१ का सार्वजनिक जग्गा संरक्षण गर्ने र रेखाङकन गरि अभिलेख राख्ने, सार्वजनिक जग्गामा शौचालय बनाउने र माईक्रो व्यवस्थित गर्ने, वस्ती विकास सगै खुल्ला पार्क बनाउने सोच र टाउन प्लानिङ संग समन्वय गरेर वडामा रहेको कर्बड हल व्यवस्थित गर्ने योजना वडानं १ ले बनाएको छ ।
वडाका जेष्ठ नागरिकको लागि सामाजिक सुरक्षा भत्ता घरघरमा पु¥याउने योजना वडाको रहेको छ । त्यस्तै जेष्ठ नागरिकहरुका लागी विश्राम स्थलको निर्माण गर्ने योजना पनि वडा नं १ को रहेको छ ।
वडा भित्र रहेका महिला तथा युवालाई विभिन्न सिपमुलक आर्यआर्जनका लागी उपयोगी हुने तालिम दिने अध्यक्ष लामाले बताए ।
वडामा रहेको स्वस्थ्य चौकीको स्तरउन्नती गर्ने र वडामा सेवा लिन आउने सेवा ग्रीहीहरुलाई मुस्कान सहितको सेवा छिटो छरितो दिने योजनामा वडा नं १ रहेको छ ।
वडाको शैक्षिक विकासका लागी निजि विद्यालयलाई छात्रवृतिको पहल गर्ने र वडाका मुख्य चोकहरुमा सौर्य बत्ती जडान गर्ने साथै एउटा प्रतिक्षालय बनी सकेको र अरु बनाउने योजना वडा नं.१ को रहेको छ ।
वडा नं १ का धार्मिक र सांस्कृतिक सम्पदाहरुको संरक्षणका लागी पचली भैरब भुकम्प पश्रचात बनी सक्यो अब संरक्षण गर्ने तेस्तै अन्य मन्दिर मगर टोलको बनदेवी मन्दिर, नागभूषण महादेव मन्दिर, राधाकृष्ण मन्दिर, गणेश मन्दिर छयोर्तेन गुम्बा र जङ्गल भित्र बनदेवी मन्दिर आवश्यकता हेरी मर्मत र संरक्षण गर्ने साथै पचली भैरव मन्दिर वरिपरि पर्यटकीय स्थल बनाउन पुर्वाधार तयार गर्ने योजना रहेको वडा अध्यक्ष लामाले बताए ।
स्थानिय तहको निर्वाचनमा वडा नं.१ मा अध्यक्ष राम चन्द्र लामा सहित वडा सदस्यहरुमा जुजुन लामा, रामेश्वर लामा, शान्ता लामा र शिला चर्मकार निर्वाचित भएका छन् ।