नगर र गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी साथै भि-वास सिसि अध्यक्षहरुका लागी सरसफाइ कार्यशाला गोष्ठी साफेबगरमा सम्पन्न

नगर र गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी साथै भि-वास सिसि अध्यक्षहरुका लागी  सरसफाइ कार्यशाला गोष्ठी साफेबगरमा सम्पन्न

अछाम,  साउन २०/एकेन्द्र महता

साफेबगर अछाम नगरपालिका, गाउँपालिकाका नवनिर्बाचित जनप्रतिनिधि र कर्मचारीका साथै भि-वास सिसि अध्यक्षहरुका लागि सरसफाइ कार्यशाला गोष्ठी साफेबगरमा सम्पन्न भएको छ । “चर्पी जहिले पनि” भन्ने मुल नाराका साथ अछाम जिल्लालाई पक्का खुला दिशा मुक्त बनाउन साफेबगर नगरपालिकाका ८ वडा र चौरपारपाटी गाउँपालिकाका ३ वटा वडाका बाट निर्वाचित जनप्रतिनिधि, वडा सचिव, पत्रकार र भि-वास सिसि पदाधिकारीका लागि सो गोष्ठीको आयोजना गरिएको हो ।

USAID को आर्थिक सहयोग र सेबक नेपालको आयोजनामा भएको गोष्ठीको सहजीकरण सकारात्मक सोच (AI) गुरु नर बहादुर कार्की जसले अछाम जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्नमा सहयोग गरेका थिए  र कृति भट्टराईले गरेकी थिईन  । सेबक नेपालका अध्यक्ष रेबन्त नाथको सन्योजकत्वमा भएको गोष्ठीका प्रमुख अतिथि जिल्ला समन्वय समितिका अछामका प्रमुख नर बहादुर कुवर, विशिष्ट अतिथी साफेबगर नगरपालिकाका मेयर कुल बहादुर कुवर रहेका थिए  ।

गोष्ठीका अन्य अतिथिहरुमा साफेबगर नगरपालिका उपप्रमुख बिर्मला बुडथापा, चौरपाटी गाउपालिकाका अध्यक्ष हर्क साउद, उपाध्यक्ष माया कुवर साफेबगर र चौरपाटी गाउँपालिकाका जनप्रतिनिधि पत्रकार र USAID का लिन्डा केन्ट्राे को एक समूह लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । सेबक नेपाल सेफ वास दोस्रो कार्यक्रमका क्षेत्रीय कार्यक्रम प्रबन्धक प्रकाश सापकोटाको स्वागत मन्तव्यबाट सुरु भएको गोष्ठीको संचालन सेफ वास दोस्रो कार्यक्रम अछामका संयोजक ललित बोगटीले गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।