काठमाण्डौं महानगरपालीका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

काठमाण्डौं महानगरपालीका वडा नं ८ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,साउन १७ ।

काठमाण्डौं महानगरपालीका वडा नं ८ ले छुने मुल सडकको अवस्था चावहिल देखी  गौशला सम्म नाजुक भएको हुदा मर्मत सुधारका लागी   सम्बन्धित कार्यलयमा पहल गरिरहेको र वडा भित्र रहेका भित्रि बाटोहरुको स्तरउन्नती गर्दै ब्लक र ढुगां छाप्ने कार्य प्रमुख योजनामा रहेको वडा नं ८ अध्यक्ष दिनेश कुमार डंगोलले बताए ।

वडामा रहेको ढलको पाइप सानो रहेको हुदा भुवनेश्वरी, गुहेश्वरी, नवालीटोल र तीलगंगा लगाएतका ठाउँहरुमा ठुलो पाइप हाल्ने कार्य गरिरहेको र अन्य ठाँउमा पनि स्तरउन्नली गर्दै लाने योजना वडा नं.८ले बनाएको छ ।

वडा भित्र रहेका सावर्जनिक जग्गा पशुपति गुठी र पशुपति क्षेत्र विकास कोष अन्तर्गत  पर्ने हुदा ती जग्गाहरुलाई वडा नं. ८ मातहतमा ल्याउन आफुले सम्बन्धित निकायमा पहल गरिरहेकोअध्यक्ष  डंगोलले बताए ।सिफल स्थित लेव : पोखरी संरक्षण गर्ने योजना वडा नं ८ को रहेको छ।

वडा भित्र पर्ने मठमन्दिरहरुको संरक्षण गर्दै गुहेश्वरी मन्दिर पछाडि बनभोज पार्क बनाउने योजना वडा नं.८ को रहेको  छ ।

खेलकुदका माध्यमबाट युवाहरुलाई एकिकृत गर्दै आय आर्जन मुलक कार्यक्रममा लगाउने, महिलाहरुलाई शीप मुलक तालिम दिई आत्म निर्भर बनाउने र सडक बालबालिकाको व्यवस्थापन गर्ने आफ्नो लक्ष्य रहेको वडा नं.८का अध्यक्ष डंगोलले बताए ।

वडामा रहेको शैक्षिक संस्था सारदा निमावी  र बाबाबाटिका मावीको स्तरउन्नतीको गर्दै लाने योजना वडा नं.८ले बनाएको छ ।

जेष्ठ नागरिकहरुलाई घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउन सुरुगरि सकेको हुदा अझै सहज तरिकाले वितरण गर्ने वडा नं.८को योजना रहेको छ ।

पशुपति दर्शन गर्न आउने पार्यटकहरुका लागि पशुपति विकास कोषले लिदै आएको टिकट वापत रकम अनुसारको सुविधा प्राप्त नगरिरहेको हुदा स्थानिय तह अन्तर्गत विकासकोषलाई ल्याउन सके वेद विद्याश्रम भवन रहेको ठाउँमा स्वीमीङ्ग पुल सहितको सुविधा सम्पन बाल उध्यान बनाउने र वडा भित्र उचित स्थानमा जेष्ठनागरिक विश्राम गृह बनाई गाडिको व्यवस्था सहित शुल्क वा निःशुल्क  सुविधायुक्त विश्राम गृह सञ्चालन गर्ने मुख्य योजना रहेको वडा नं.८का अध्यक्ष डंगोलले बताए ।

यस वडा भित्र रहेको पशुपति विकास कोषलाई नेपाल सरकारले वडा मताहतमा ल्याए वडामा धेरै काम गर्न सजिलो पर्ने हुदा पर्यटकीय हिसाबले महत्व बोकेको वडा नं.८ लाई सवल र नमुना वडा बनाउन सकिने अध्यक्ष डंगोलले बताए ।

वडा भित्र हुम्न आउने पर्यटकलाई चमेनागृह, शौचालय लगाएत अन्य सुविधाहरु ठाँउठाँउमा दिन सकिए पर्यटन शुल्क र पाकिङ शुल्कबाट वडा नं.८ सवल र संमृद्ध बन्ने अध्यक्ष डंगोलको बुझाई छ ।

वडामा सेवा लिन आउने सेवाग्राहीलाई  सरल र सहज तरिकाले सेवा प्रदान गर्ने र  वडा भित्र रहेका कला संस्कृतिको संरक्षणमा पहल गर्ने र सथानिय जात्राहरुलाई व्यवस्थीत बनाउदै लाने वडा अध्यक्ष डंगोलको योजना रहेको छ  ।

 

तपाइँको प्रतिक्रिया ।