मानेभन्ज्याङ गाऊपालिका वडा नम्बर २(ओखलढुंगा) का योजना तथा कार्यक्रमहरु
कपन अनलाइन
ओखलढुंगा,साउन १०।
केत्तुके –बौद्ध- हिटी वाक्सा मोटर बाटो स्तरउन्नति गर्दै ठुला यातायात संचालन गर्दै वडामा बसपार्क बनाउने आफनो मुख्य योजना रहेको ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाऊपालिका वडा नम्बर २ का अध्यक्ष उमेश कार्कीले बताए ।
वडाका टोल बस्तीमा मोटर बाटो खोल्दै १ बर्ष भित्रमा दूधकोसी एकवारमा जोड्ने वडाले योजना बनाएको छ ।यसैगरी वडाबाट गाऊपालिका केन्द्र हुदै काठमाडौं र कटारीसम्म बस र जिप संचालन गर्ने योजना वडाको छ । वडाको उचित स्थानमा खेलकुद मैदान निर्माण गर्ने योजना वडा नम्बर २ को रहेकोछ ।
प्रस्ताबित मनकामना माबीलाई स्थायी स्वीकृति गराई प्रावधिक शिक्षालय सहितको उच्च शिक्षालयको रुपमा संचालन गर्ने र वडामा रहेका सबै विधालयमा अंग्रेजी माध्यमबाट पढ़ाई संचालन गराउने र सबै विद्यालयमा इन्टरनेट सुबिधा पुराउदै र भौतिक पूर्वाधार कमजोर रहेका बिधालयलाई स्तरउन्नति गर्ने वडाको योजना रहेको छ ।
स्वास्थ्य चौकी भवनका लागी जग्गा प्राप्त भैसकेको हुदा नया भवन निर्माण १ बर्ष भित्र सम्पन्न गरी प्रसुतिगृह सहित २४ घण्टा एम्बुलेन्स सेवा संचालन गर्ने वडा नं २ को योजना रहेको छ ।
राईगाऊ,ठुला गाऊ,सलझारी आदि ठाउँमा रहेको खानेपानीको मुहानलाई संरक्षण गरी खानेपानी बितरण गर्ने वडाको योजना रहेकोछ । वडामा संचालित सिचाईलाई संरक्षण गर्दै वडाका सबै ठाउँमा सिंचाई सेवा पुयाउने अध्यक्ष कार्कीले बताए ।
वडाका सबै स्थानमा केन्द्रीय विधुतिय लाइन बितरणमा पहल गर्ने योजना वडाको छ । वर्षको १ पटक जेष्ठ नागरिकलाई सम्मान गर्ने , घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याउने र गरीव घर परिवार पहिचान गरि सो लक्षित कार्यक्रम बनाउने अध्यक्ष कार्कीले बताए ।
कृषकलाई आधुनिक कृषि तालिम दिई अदुवा, अलैची,कफी जस्ता नगदे बाली खेति गर्न प्रोत्साहित गर्ने योजना वडाले बनाएको छ ।
सामुदायीक वनको संरक्षण गरी नांगा डाडा पाखामा वृक्षारोपण गर्ने, मठ मन्दिर पुरात्त्वातिक गुफा धर्मशाला आदीको संरक्षण गर्नुका साथै लिब्जुमा बनभोज स्थल बनाउने र उक्त्र स्थानमा ३ बर्ष भित्र भ्यु टावर निर्माण गर्ने र वडाका अन्य स्थानलाई पर्यटकीय स्थानको रूपमा विकास गर्ने योजना वडा नं २ ले बनाएको छ ।
महिला, युवा र लक्षित बर्गलाई आयमुलक व्यवसाय एवम क्षमता विकासका तालिमहरु संचालनको व्यवस्था मिलाउने वडाको योजना छ । पुननिर्माण गरिरहेका जनताको अनुदान किस्ता सहज बनाउदै वडा नं २ लाई विकास र परिवर्तन गर्दै सवल नमुना वडा बनाउने अध्यक्ष कार्कीले बताए ।