बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडामा लोकप्रिय मत प्राप्त गर्नेहरु

कपन अनलाइन 

काठमाडौ,साउन १० ।

स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्ये  ४  वटा वडामा वडा अध्यक्ष पदका उम्मेदवारहरुले लोकप्रिय मत प्राप्त गरेका छन । त्यस्तै १ जना मात्र पुरुष सदस्यले लोकप्रिय मत प्राप्त गरेका छन भने ८  जना महिला सदस्हरुले लोकप्रिय मत प्राप्त गरेका छन ।

स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकामा निर्वाचित भएका नगर प्रमुख उद्दव खरेलले १३२४६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजु श्रेष्ठले ८९२७ मत प्राप्त गरेका थिए । बुढानिलकण्ठ नगरपालिकाको प्रमुख पदका उम्मेदवार माओवादी केन्द्रका रविन अधिकारीले ३७९० मत प्राप्त गरेका थिए ।

बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा निर्वाचित रमा राईले १३१८८ मत प्राप्त गरेकी थिइन् भने उनकी निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी  सुभद्रा खड्काले ९७६८ मत प्राप्त गरेकी थिइन् ।त्यस्तै  माओवादी केन्द्र बाट उपप्रमुख पदकी उम्मेदवार होम कुमारी दुलालले ३०९२ मत प्राप्त गरेकी थिइन् ।

स्थानीय तहको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाका अध्यक्षहरुले प्राप्त गरेको मत निम्न अनुसार रहेको छ ।

वडा नं १ – सुरेन्द्र लामा (६७७)

वडा नं २ -राजेन्द्र खड्का (१०४१ )

वडा नं ३ -वाल कृष्ण श्रेष्ठ (७३९ )

वडा नं ४ -राजु खड्का (१११७ )

वडा नं ५ -विजय तामांग (४०५ )

वडा नं ६ -नविन के.सी (७५१ )

वडा नं ७ -वस नारायण महर्जन (६२६ )

वडा नं ८ -सुमन तामांग (१११६)

वडा नं ९ -राजेन्द्र सापकोटा (९२० )

वडा नं १० -नवराज भट्टराई (२४१० )

वडा नं ११ -राजु अधिकारी (१२७५ )

वडा नं १२ – शम्भु भट्टराई (१३८४ )

वडा नं १३ -श्री कृष्ण श्रेष्ठ (१०९५ )

त्यस्तै बुढानिलकण्ठ नगरपालिका का १३ वटा वडामा लोकप्रिय मत प्राप्त गर्ने निर्वाचित जनप्रतिनिधिहरुको नाम र मत संख्या निम्न अनुसार रहेको छ ।

वडा नं १ -सुरेन्द्र लामा (६७७ )

वडा नं २ -अनिता मिझार   (१०८५ )

वडा नं ३ -बबिता रम्तेल  (७६० )

वडा नं ४ -राजु खड्का (१११७ )

वडा नं ५ -तारा रोक्का  (४३५ )

वडा नं ६ -नविन के.सी (७५१ )

वडा नं ७ -वस नारायण महर्जन (६२६ )

वडा नं ८ -मन्जु थापा (११४३ )

वडा नं ९ -सुमित्रा पाण्डे (१०२० )

वडा नं १० -रीता दाहाल (२४४५ )

वडा नं ११ -भगवती निरौला (१२८६)

वडा नं १२ -शान्ता ढकाल (१४२१ )

वडा नं १३ -श्याम श्रेष्ठ (१३५९ )

तपाइँको प्रतिक्रिया ।