सडक अवस्था सुधारको पहल गर्दै काठमाडौं क्षेत्र नं ४ का सांसद डा. भट्टराई

सडक अवस्था सुधारको पहल गर्दै काठमाडौं क्षेत्र नं ४ का सांसद डा. भट्टराई

कपन अनलाइन

काठमाडौ,साउन ८ ।

काठमाण्डौ क्षेत्र नं  ४ का सांसद  डा . राजन  भट्टराईको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले  मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री र प्रधानमन्त्री कार्यलयका सचिव तथा काठमाडौ सडक निर्माण सम्बन्धि कामको  संयोजन गरिरहेका चन्द्र घिमिरेलाई भेट गरी तत्काल सडकको अवस्था सुधार गर्नका लागी  ध्यानाकर्षण गराएको छ । उक्त प्रतिनिधिमण्डलमा कामपा वडा नं ७ का जनप्रतिनिधि तथा स्थानीयहरू सहभागी थिए ।

उक्त भेटमा चावहिल ,साखु ,सुन्दरीजल सडक , चाबहिल गोपीकृष्ण कपन जाने सडक, सात तले हुदै आनी  गुम्बा ,साततले आकाशेधारा जाने सडक ,सुकेधारा -ढलाने पुल हुँदै कपन छिर्ने बाटो  ,चुच्चेपाटी बाट महाकाल हुदै कपन जाने बाटोको अवस्थाका वारेमा जानकारी प्रदान गरी यथासिघ्र मर्मत सुधारको काम थाल्न ध्यानकर्षण गराइएको थियो ।

प्रतिनिधिमण्डल संग भेटको  क्रममा मुख्यसचिवले छिटोभन्दा छिटो येस क्षेत्रको बाटो निर्माण गरि आवतजावतमा सहजता दिने प्रतिबद्धता जनाएक थिए  । प्रतिनिधि मण्डलको भेट पश्चात चन्द्र घिमिरे सहित सचीवको नेतृत्वमा राती आकस्मिक अनुगमन सुरु गरिएको कुरा कपन अनलाइनलाई डा.भट्टराईले   बताए।

काठमाडौंको उत्तरी भेगका सडकहरुको अवस्था अत्यन्त नाजुक रहेको छ जसले आवागमन मात्र हैन व्यापार व्यवसायहरुलाई पनी प्रत्यक्ष असर पारिरहेको छ।

 

तपाइँको प्रतिक्रिया ।