टिपरले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु

कपन अनलाइन 

भक्तपुर, ७ साउन । मध्यपुर थिमि नगरपालिका– १, कौशलटारस्थित अरनीको पेट्रोलपम्प अगाडि आज बिहान काठमाडौँबाट भक्तपुरतर्फ आइरहेको बा २ क १२१३ नं को मिनि टिपरले बा ७७ प ४२२० नं को मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडाँै कीर्तिपुर बस्ने १८ वर्षकी अश्मी सुनार रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए  ।

घटनामा घाइते भएका उनलाई उपचारका लागि गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनामा घाइते मोटरसाइकल चालक काठमाडाँै कीर्तिपुर बस्ने वर्ष २२ को हरि गहतराजको नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएका छन ।

प्रहरीले दुबै सवारी साधन र टिपर चालक भक्तपुर नगरपालिका– ९ बस्ने ३२ वर्षको जीवन ज्याठालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाए ।

तपाइँको प्रतिक्रिया ।