दुर्व्यसनी हत्या विरुद्ध फिलिपिन्स दुतावासलाई ज्ञापनपत्र

दुर्व्यसनी हत्या विरुद्ध फिलिपिन्स दुतावासलाई ज्ञापनपत्र
कपन अनलाइन
काठमाडौ,साउन ६ 
लागु औसधी प्रयोग नियंत्रण र रोकथामको क्षेत्रमा सकृय संस्था आभाष समुहको नेत्तृत्वमा आज फिलिपिन्समा भैरहेको लागु औसधी दुर्व्यसनीको हत्या विरुद्ध फिलिपिन्स दुतावासलाई ज्ञापनपत्र बुझाइएको छ ।
नेपालमा लागू पदार्थ दुर्व्यसन विरूध्द काम गर्ने संघ  सस्था ,पूर्व प्रयाेगकर्ताहरूकाे उपस्थिति रहेकाे कार्यक्रममा   रिकभिरङ्ग नेपालका सचीव चन्द्रप्रकाश गुरूङ्गले ज्ञापनपत्र पढेर ससुनाएका थिए भने फिलिपिन्स दुतावासकी  व्यवस्थापकिय अधिकृत अनु प्रधानले ज्ञापन पत्र बुझेकी थिइन।

 कार्यक्रमकाे संयोजन  समुहका अध्यक्ष सुधिर पाख्रिनले गरेका थिए । अहिले फिलिपिन्समा लागु पदार्थ प्रयोगकर्ताहरुको निर्ममता पुर्वक हत्या भैरहेको छ ।
तपाइँको प्रतिक्रिया ।