कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का योजना तथा कार्यक्रमहरु

कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का योजना तथा कार्यक्रमहरु

कपन अनलाइन 

काठमाडौ,श्रावण ४ ।

कागेश्वारी मनोहरा नगरपालिका वडा नं ४ मा बस्ने सम्पूर्ण वडावासीहरुको अभिलेख संकलन गरी वडा विकाशको योजना बनाउने पहिलो काम हुने वडा अध्यक्ष भाइकाजी अधिकारीले बताए ।

सडकका योजनाहरुमा भित्रि र सहायक बाटाहरुको सुधार र निर्माण गर्ने योजनामा वडा नं ४ रहेको छ । ढल सुधार र रिटेनिंग वाल निर्माण पनि  वडाको प्राथमिक योजना भित्र रहेका छन ।सडक संगै वातावरण संरक्षणका लागी बाटोको दाया बाया वृक्षारोपण गर्ने निर्णय वडाले गरेको छ ।यस्ता बोटबिरुवामा रुद्राक्षलाई प्राथमिकता दिने अध्यक्ष अधिकारीले बताए ।

वडाका विभिन्न स्थानहरुमा टोल सुधार समिति निर्माण गरी विकास निर्माणलाई तिब्रता दिने र सामाजिक विकासका कार्यक्रम संचालन गर्ने वडाको योजना रहेको छ ।जेष्ठ नागरिकहरुका लागी स्वास्थ्य परिक्षण  बिश्राम स्थल निर्माण पनि वडाको योजना  भित्र परेको छ ।

युवाहरुको व्यक्तित्व विकासका कार्यक्रम आयोजना गर्नुका साथै सूचना प्रविधि युक्त  पुस्तकालय स्थापना गर्ने र लोक सेवा तयारी कक्षा चलाउने वडा अध्यक्ष अधिकारीले बताए ।वडाको अर्को मुख्य योजनामा कृषि सुधार र विकासका लागी सरल व्यवस्था वडाले नै गर्ने रहेको छ ।यसले माटो अनुसारको खेति गरी उत्पादकत्व बढ्ने वडाको अनुमान छ ।

महिला लक्षित कायक्रम तर्फ महिला सन्जाल र समुहहरुको सहभागितामा तालिम,जनचेतना र सशक्तिकरणका कार्यक्रम संचालन गर्ने योजना वडाले बनाएको छ ।

 

 

तपाइँको प्रतिक्रिया ।