काठमाडौ महानगरपालिकामा स्काई रेल संचालनका लागी सम्भाव्यता अध्ययनको प्रतिवेदन तयार

काठमाडौ महानगरपालिकामा स्काई रेल संचालनका लागी सम्भाव्यता अध्ययनको प्रतिवेदन तयार

कपन अनलाइन

काठमाडौ,श्रावण ३ 

काठमाडौ महानगरपालिकामा स्काई रेल संचालनका लागी भएको सम्भाव्यता अध्ययनको प्रतिवेदन तयार भै महानगरलाई बुझाइएको छ ।काठमाडौं महानगरपालिका र स्थानीय साइमिक्स इङ्क प्राइभेट लिमिटेड बीच स्काइ रेल सञ्चालन सम्भाव्यता अध्ययनकालगि २०७३ माघ २६ गते भएको सम्झौता अनुसार यो प्रतिवेदन तयार गरिएको हो ।

महानगर क्षेत्रमा स्काइ रेलको सम्भावना अध्ययन गर्दा तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म सञ्चालन गर्न सकिने देखिएको बताउनु भयो । त्यस्तै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काईरेल सञ्चालन गर्न सकिने निस्कर्ष अध्ययन टोलीको रहेको छ  ।

अध्ययनका  अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनकालागि २० प्रतिशत रकम कम लाग्ने देखिन्छ  । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ । तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिन्छ

तपाइँको प्रतिक्रिया ।