नहर भत्किँदा लघुजलविद्युत् परियोजना बन्द
कपन अनलाइन
बाबियाचौर (म्याग्दी), ३ साउन । रुख ढलेर नहर भत्किँदा म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ ।
रुख ढलेर चालिस मिटर नहर भत्किँदा दाजुङखोला लघुजलविद्युत् सहकारी संस्थाद्वारा सञ्चालित ३० किलोवाट क्षमताको परियोजना बन्द भएको हो ।
परियोजना बन्द हुँदा मालिका गाउँपालिका–४ च्युरीबोट र ओखरबोटका ४०० घरधुरीमा विद्युत् आपूर्ति बन्द भएको सहकारीका अध्यक्ष नन्दबहादुर राम्जालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नहरमा रु चार लाख बराबरको क्षति पुगेको छ । आर्थिक अभावमा गत बुधबार भत्किएको नहर मर्मतमा ढिलाइ भएको छ । रासस
तपाइँको प्रतिक्रिया ।