एमाले कपनको सातौँ अधिवेशन तयारी पूरा भएको छ

DSC_1092कपन अनलाइननेकपा एमाले कपनले आफ्नो ७औं अधिवेशन तयारी पुरा गरेको छ जनाएको छ । भोलि हुने अधिवेसन तयारी स्वरुप आज पार्टी कार्यालयबाट सुरु गरेको मोटरसाइकल र्यालीले कपनका भिविन्न भाग परिक्रमा गरेको थियो मोटर साइकल र्याली समापनलाई  सम्बोधन गर्दै एमाले कपन का संयोजक धुर्वाराज न्यौपाने ले भने भोलि हुने कार्यक्रम कपन कै सबैभन्दा ठुलो पार्टी कार्यक्रम हुने र उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाए ।

एमाले कपनले भने छैठौँ अधिवेशन देखिनै आफ्नो अधिवेशन खुल्ला सत्र भव्य गर्दै आएको छ, भोलि हुने आधिवेशनमा प्रमुख अतिथिका रुपमा मा नेकपा एमालेका प्रभावशाली नेता के पि ओली रहनेछन् । ४ नं. क्षेत्रमा समेत राम्रो पहुँच भएको एमाले कपनको राजनीतिले पार्टी वृतमै जिल्ला, अंचल र केन्द्रको समेत ध्यान केन्द्रित गरेको छ । चुनावको हल्लाखल्लामै हुनलागेको आधिवेशनले  अब आउने चुनावमा एमाले कपनालाई लाई कहाँ राख्छ भन्ने बारे देखाउने अनुमान गरिन्छ ।

चुनावमा नगई आन्तरिक सहमति खोज्ने प्रयास स्वरूप जारी  बैठकमा सातौँ अधिवेशनले निर्बाध रुपमा आहिलेका अध्यक्ष ध्रुवराज न्यौपानेलाई नै अध्यक्षमा राख्न मिठाराम आधिकारी को निजी निवासमा बैठक चलिरहेको छ । अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा सहमति बनिसकेको जनाइएको छ भने बाकी पदहरुसमेत सहमतिमा मिलाउने प्रयास भैरहेको मिठाराम अधिकारीले कपन अनलाइनलाई जनाए ।
भोलि हुने कार्यक्रम भने कपन स्थित ह्यान्डबल खेलमैदानमा ११ बजे बाट खुल्ला सत्र र साझा हिलियम पार्टीप्यालेसमा बन्द सत्र रहने छ ।

तपाइँको प्रतिक्रिया ।