गोकर्णेश्वर नगरपालिकाको नगरसभाका महत्वपूर्ण निर्णय तथा कार्यक्रमहरु

गोकर्णेश्वर नगरपालिकाको नगरसभाका महत्वपूर्ण निर्णय तथा कार्यक्रमहरु

कपन अनलाइन

काठमाडौ,  १ साउन।

गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४ /७५ का लागि अनुमानित आय ब्ययको विवरण नगरसभा मार्फत सार्वजनिक गरेको छ । यस नगरपालिकाको आव २०७३/०७४ को विशेष नगरपरिषदबाट बाडफाड गरिएको रकममा संसोधन गरी नगरसभाले यस  वर्षका लागि सामाजिक सुरक्षातर्फ ५ करोड ५० लाख ,नेपाल सरकारबट निसर्त र ससर्त अनुदान तर्फ ४५ लाख १० हजार र पुँजीगत अनुदान तर्फ ६ करोड ३९ लाख ६२ हजार आयको अनुमान गरेको छ । यस्तै श्रोत उपयोग बाडफाड बाट ५० लाख र आन्तरिक स्रोततर्फ १३ करोड ४३ लाख ७२ हजार रहेको छ ।

गोकर्णेश्वर नगरपालिकाले महिला लक्षित कार्यक्रम तर्फ ६४ लाख , बालबालिकालक्षित कार्यक्रम तर्फ ६४ लाख र आर्थिक सामाजिक रुपले पच्ची परेका आदिवासी ,जनजाती ,दलित ,जेष्ठ नागरिक ,अपांगता भएका व्यक्ति ,मधेसी ,मुस्लिम लगायतका  पिछडा वर्गका लागी ९६ लाख रुपैया बिनियोजन गरेको छ ।

गोकर्णेश्वर नगरपालिकाको मुख्य योजना तथा कार्यक्रमहरु

  • नगरपालिकाका गौरवका योजनाका लागि -५ करोड
  • नगरबस संचालनका लागि -३५ लाख
  • जेष्ठ नागरिकका विविध सुविधा -१० लाख
  • उत्कृस्ट विद्यार्थी सम्मान -१ लाख ५० हजार
  • सौर्य बत्ति जडान -५० लाख
  • बालबवालिकालाई संरक्षण संस्थागत – १० लाख

यस नगरपालिकाले नगरसभा बाट अन्य महत्वपूर्ण निर्णयहरु गरेको छ ।

  • क वर्गका भूकम्प पिडित हरुलाई ११०० बर्ग फिट सम्मको निर्माणमा नक्सा पास दस्तुर मा ५०% छुट
  • तारेभिर र  सुन्दरीजललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने
  • सुन्दरीजल खानेपानी ,मुहान क्षेत्र शुद्धीकरण र सरसफाई
  • युवालक्षित खेल मैदान निर्माण
  • सुन्दरी माइ ,उत्तर बाहिनी ,गोकर्णेश्वर महादेव मन्दिर,हत्यामोचन  घाट ,जम्बु डाडा ,गुहेश्वरी पशुपतीनाथ सम्मको बाटोलाई धार्मिक पर्यटकीय मार्ग  निर्माण
  • खुल्ला मासु बेचविखनमा रोक लगाउने पशु वधशाला निर्माण
  • बागमती सरसफाईको विशेष योजना बनाई कार्यान्वयन

गोकर्णेश्वर नगरपालिकाले माथिका विशेष योजना सग संगै अन्य सामाजिक,संस्कृतिक र भौगोलिक माह्त्वका योजनाहरु अगाडी सार्ने नीति अवलम्वन गरेको छ ।

नोट : यस नगरपालिकाका अन्य योजना तथा कार्यक्रम र वडा गत योजना हरुको वारेमा अर्को सामग्रीमा प्रस्तुत गरिने छ ।

 

तपाइँको प्रतिक्रिया ।