कपनका ४ देखि १४ वर्षका ४१४ बालबालिकालाई उपहार बाँडिने

कपन अनलाइनकपन गाविसमा बसोबास गर्ने सानासाना बालबालिकालाई बालबालिकासँग लामो समयदेखि काम गर्द्रै आइरहेको एक संस्थाले उपहाहर बाँड्ने भएको छ । कपनको सामाजिक जीवनमा सक्रिय रहेका सागर बैजुले यो कार्यक्रमको बन्दोबस्त गरेका हुन् । अमेरिकाबाट आएको यो उपहार सागर बैजु सक्रिय रहेको कारनेट नेपालले हरेक वर्ष नेपालका विभिन्न ठाउँमा बाँड्दै आएको छ ।

अमेरिकामा रहेका यही उमेर समूहका बालबालिकाले आफ्नो खाजा खर्च जोगाएर खरिद गरेर बनाइएको सानासाना बाकसहरु विशेषगरेर कम आय भएका अभिभावकहरुका बालबालिकालाई बाँडिने गरिएको सागर बैजुले कपन अनलाइनलाई बताए । सामरिटिन पर्स नामको यो उपहार पाकेटमा भिन्न भिन्न सामाग्रीहरु रहने गरेको छ । करिब १ हजारदेखि २ हजारसम्मका खेलौना, लुगा, कपि, डायरी, कलर, पेन्सिल, पेन आदि यस पाकेटमा रहेका हन्छन् ।
नेपाली कांग्रेशका जिल्ला सदस्यसमेत रहेका सागर बैजुले अबदेखि हरेक वर्ष कपनमा यो खाले उपहार ल्याउने बताए । सरकारी विद्यालय वा समुदायमा गएर सिधै बालबालिकाकै हातमा प्रदान गरिने यो उपहार पोहोर साल रामहिटीमा रहेको नवजागृति विद्यालयमा बाँडिएको थियो । अहिले कहाँ, कहिले र कसलाई बाँड्ने भन्ने बारे छलफल भैरहेको सागर बैजुले कपन अनलाइनलाई बताए ।

तपाइँको प्रतिक्रिया ।